‘नाइँ नभन्नू ल ५’ फिल्मको आक्रामक व्यापार

320

शुक्रवारबाट देशभर प्रदर्शनमा आएको यो फिल्मको व्यापारमा लगातार परेको सार्वजनिक विदाको ठूलो प्रभाव देखिएको छ । तीन दिने विकेन्डमा फिल्मले बम्पर ओपनिङ गरेको वितरकले दाबी गरेका छन् ।

प्रदर्शनको पहिलो दिन शुक्रवार अपेक्षाकृत व्यापार गर्न नसकेपनि शनिवार र आइतबार भने फिल्मको व्यापार आक्रामक रहेको छ ।

देशभरका सय बढी हलमा लागेको उक्त फिल्मले रिलिजको दिन शुक्रबार देशभर ४६ लाख रुपैयाँ व्यापार गरेकोमा शनिबार बढेर १ करोड २ लाख रुपैयाँको कलेक्सन गर्न सफल भयो । तेस्रो दिन ७४ लाख रुपैयाँ कमाएको वितरकबाट रिपोर्ट प्राप्त छ ।

निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, दीलिप रायमाझीलगायतका कलाकारहरुको अभिनय रहेको यस फिल्मबाट अभिषेक नेपालले अभिनेतामा डेब्यु गरेका छन् । पुरुषोत्तम प्रधान फिल्मका छायाँकार हुन् ।

तीन दिने विकेन्ड कलेक्सन जोड्ने हो भने ‘नाइँ नभन्नू ल ५’ ले २ करोड २२ लाखको कलेक्सन गर्न सफल भएको छ । १ करोड ३५ लाखमा निर्माण भएको यो फिल्मको कलेक्सन रफ्तार यस्तै रहे दोस्रो हप्ताबाट नाफाको बाटोमा हिँड्ने पक्का छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here