नेकपाले एनसेलमाथि कारवाही गरिनुकाे कारणबारे मुख खाेल्याे

126

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीले एनसेलमाथि देशैभरि भएको बम विस्फोटमार्फत  कारबाही गरेको पुष्टि गरेको छ ।

उक्त पार्टीले यसअघि पनि एनसेलमाथि ७३ अर्बभन्दा बढी कर छलेको, नेपालमा प्राप्त आम्दानी नेपालमा नै लगानी नगरी विदेश लगेको, अदालतले गरेका निर्णयहरू पालना नगरेको, राज्यको स्वामित्वमा रहेको नेपाल दूरसञ्चारका सेवाहरूलाई निष्प्रभावी बनाउन त्यहाँका कर्मचारीहरूलाई खरिद गरेर प्रभावित पारी एनसेलको ग्राहक सङ्ख्या बढाएको भन्दै नेकपाले यसअघिदेखि नै निरन्तर आक्रमण गर्दै आएको थियो ।

यसैक्रममा फागुन १० गते राति पनि देशैभरि कारबाही गरिएको नेपाल कम्युनिस्ट पार्टीले जनाएको छ । त्यही क्रममा ललितपुरमा भएको दुःखद् घटनालाई लिएर पार्टीको व्यक्ति वा सर्वसाधारणप्रति कुनै लक्षित वा मानवीय क्षति गर्ने योजना नरहेको र उक्त दुर्घटनाप्रति  नेकपाले दु:ख व्यक्त गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here