काठमाडौं/ नेपाली उद्यमी सुरेश केडियाको अपहरण संलग्न रहेको भनिएका विकास सिंहलाई भारतीय प्रहरीले बिहारको मोतिहारीबाट पक्राउ गरेको जनाइएको छ । २०७३ जेठ १२ गते केडिया अपहरणमा परेका थिए । उनलाई ४ दिनपछि बिहार प्रहरीले बिहारबाटै अपहरणमुक्त गरेको थियो ।
अपहरित सिंहले अपहरणकारीहरूलाई अपहरण मुक्त भएपछि पनि १० करोड भारु बराबरको सुन बुझाएका थिए । केडियाको अपहरणमा संलग्न रहेका सिंहले फिरौती रकमको भागबण्डामा कुरा नमिलेपछि अपहरणका मास्टरमाइण्ड बब्लु दुबेको समेत हत्या गरेको आरोप उनीमाथि लागेको छ । दुबेलाई पटनाको बेतियास्थित अदालत परिसारमा गोली लागेको थियो । जनधारणा साप्ताहिक

















