उपभोक्ता तीन महीनादेखि खानेपानीबाट वञ्चित

183

गौशाला/महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका करीब आधा उपभोक्ता तीन महीनादेखि खानेपानीबाट वञ्चित भएको छन् । नेपाल खानेपानी संस्थान शाखा कार्यालय महोत्तरी जलेश्वरबाट खानेपानी धाराको लाइन लिएका नगरपालिकाका एक हजार १८१ उपभोक्तामध्ये ६०० बढी उपभोक्ता विगत तीन महीनादेखि खानेपानीबाट वञ्चित रहेको गुनासो पोखेका छन् ।

नगरपालिकाको साविक वडा १, २, ३, ४, ५, ६, ७ र १० मा ग्राहक बनेका प्रत्येक घरधुरीमा विगत तीन महीनादेखि खानेपानीको आपूर्ति नभएकाले उपभोक्ता पानीको अभावमा काकाकुल भएका छन् । ग्राहक खानेपानीको अभावमा टाढा टाढाबाट चापाकल, मोटर र बोरिङ जस्ता स्रोतबाट पानी खान बाध्य रहेको जलेश्वर–२ का गोरेबाबा साहले बताउनुभयो । विगत तीन महीनादेखि खानेपानीबाट पानी नपाउँदा पिउन, खाना पकाउन, नुहाउन, लत्ताकपडा धुन र वस्तुभाउलाई खुवाउनसमेत निक्कै समस्या भएको जलेश्वर– ५ का विवेक साहले बताउनुभयो ।

संस्थानका प्रशासन प्रमुख अजयकुमार प्रसादले नगरपालिकाको मुख्य बाटो भएर शहरी विकास मन्त्रालयको कार्यक्रमअन्तर्गत एपेक्स जेभी रोशन कन्स्ट्रक्सनले ह्युम पाइप राखेर नाला निर्माण गर्न लाग्दा खानेपानीको पाइप ठाउँ ठाउँमा बिग्रेकाले कार्यालयले ठाउँ ठाउँमा पानीको आपूर्ति रोक्नुपरेको बताउनुभयो । नाला निर्माणका लागि ह्युम पाइप राख्न स्काइभेटरले बाटो खन्दा ठाउँ ठाउँमा खानेपानीको ६ इन्च र ८ इन्चका पाइपका साथै मुख्य पाइपसमेत तोडेको र अहिलेसम्म पनि तोड्ने क्रम जारी रहेको उहाँको भनाइ छ । खानेपानी कार्यालयले नगरपालिका प्रमुख रामशङ्कर मिश्र र प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई खानेपानी उपभोक्ताको समस्या बारेमा जानकारी गराउँदा उहाँहरूले ठेकेदार कम्पनीले खानेपानीको पाइप फुटाएकै बखत मर्मतसम्भार गर्नुपर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here