चलचित्र क्षेत्रमा (भष्मे डन) भनेर चिनिने चिरपरिचित भर्साटाइल अभिनेता विपिन कार्की अब लेखक बन्ने भएका छन् ।
उनले रंगमञ्चदेखि फिल्मसम्मको यात्रामा गरेको संघर्ष र आफूले निर्वाहा गरेका चरित्रमा केन्द्रित रहेर पुस्तक लेख्न लागेका हुन् । विपिनले आफू बायोग्राफी लेख्न नलागेको स्पष्ट पारे ।
२०७६ भित्र पुस्तक बजारमा ल्याउने तयारी रहेको विपिनद्वारा लिखित पुस्तक बुकहिल पब्लिकेशनले प्रकाशन गर्ने जिम्मा लिएको छ । केही दिन अगाडि मात्र विपिन र बुकहिलका अध्यक्ष भुपेन्द्र खड्काबीच कागजी सम्झौता भएको छ ।
रंगमञ्च र फिल्मसँगै जीवनका विभिन्न खालखण्डलाई पुस्तकमा विभिन्न शिर्षक दिएर कथा लेख्ने सोच उनको छ । केही महत्वपूर्ण खाकाहरु डायरीमा टिपेर राखेका उनले अब पुस्तक चाहिँ ुजात्रै जात्राु गरेपछि केही समय ब्रेक लिएर लेख्न सुरु गर्ने जनाएका छन् ।
थिएटर हुँदै फिल्म ‘छड्के’ बाट नेपाली रजतपटमा डेब्यु गरेका विपिनको ‘जात्रा’, ‘पशुपतिप्रसाद’, ‘हरि’, ‘नाका’लगायतका फिल्म अभिनय गरिसकेका उनले अब पुस्तक लेख्ने छन भने उनले लेख्ने पुस्तकको नाम भने
अहिले तय गरिएको छैन ।


















