जेष्ठ नागरिकलाई मेघा हस्पिटलमा ५० प्रतिशत छुटको घोषणा

447

काठमाडौं/ मेघा हस्पिटलले नेपालमा सबै खाले जेष्ठ नागरिकका लागि कुनै पनि स्वास्थ्य सेवामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । हस्पिटलका अध्यक्ष किशोर जंग राणाले यस्तो घोषणा गर्नुभएको हो ।

सरकारी क्षेत्रबाट हुनुपर्ने काम मेघा हस्पिटलले शुरू गरेकोमा सराहनीय काम भन्दै सेवाग्राही वृद्ध वृद्धाहरुले अस्पतालको निर्णयको प्रंशसा गरेका छन् । निजी क्षेत्रबाट मेघा हस्पिटलले शुरू गरेको यो सामाजिक सेवाले देशका सबै खाले जेष्ठ नागरिकका लागि विशेष सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ ।

सबै खाले जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा पु¥याउन वरिष्ठ पत्रकार रामकृष्ण कर्माचार्यले मेघा हस्पिटलका सल्लाहकारको रूपमा भुमिका निर्वाह गर्दै आउनु भएको छ ।

कर्माचार्य नेपाल सरकार समाज कल्याण परिषद् जेष्ठ नागरिक कोषका अध्यक्ष हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here