सुँगुरबाट फैलिने रोग नियन्त्रणका लागि ३८ हजार सुँगुर मारियो

356

चीन/ चीनमा सुँगुरबाट फैलिने ज्वरो (अफ्रिकन स्वाइन फेभर) को प्रकोप नियन्त्रणका लागि ३८ हजारभन्दा बढी सुँगुर मारिएको चिनिँया समाचार समिति सिन्ह्वाले आइतबार जनाएको छ ।

उक्त रोगको समस्या चीनका विभिन्न पाँच प्रान्तमा देखिएको सिन्ह्वाले चिनियाँ कृषि मन्त्रालयलाई उद्धृत गरी उल्लेख गरेको छ ।

चीनले अफ्रिकन स्वाइन फेभरको पहिलो बिरामी यही बर्षको अगस्टमा उत्तरपूर्वी लायोनिङ प्रान्तमा भेटिएको जनाएको छ ।

गत हप्ता संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठनले उक्त रोग एशियाका अन्य भागमासमेत फैलिनसक्ने चेतावनी दिएको थियो ।

अफ्रिकन स्वाइन फेभर मानव जीवनका लागि खतरा नभएपनि घरपालुवा सुँगुर तथा सोही जातका जङ्गली जनावरमा सर्ने र सरेको केही हप्तामा मस्तिस्क आघात भई अन्ततः मृत्युको कारण बन्ने जनाइएको छ ।

बेइजिङले रोग फैलिनबाट रोक्न आकस्मिक योजना ल्याइएको जनाएको छ । संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठनले गत मे मा एउटा सूचना जारी गरी रूसबाट उक्त रोग फैलिने खतरा रहेको भन्दै आवश्यक सावधानी अपनाउन चेतावनी दिएको थियो ।

सुँगरको विश्वभरको उत्पादनको आधा उत्पादन चीनमा हुने यसको ठूलो मात्रामा खपत पनि चीनमा नै हुने संगठनले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here