महिला हिंसाको कारण के हो ? खोजी गर्नु पर्ने बिषय होइन कि !

237
—प्रीति रमण

महिला हिंसा बिरुद्द जागरण ल्याउनका लागि भन्दै यो बर्ष पनि सप्ताहब्यापी कार्यक्रम भयो । प्रत्येक बर्ष मनाईने यस्तो साप्ताहिक कार्यक्रमले महिला हिंसामा कमि ल्याउन सक्यो वा सकेन भन्ने बारे समीक्षा गर्न पनि अब सेमिनार नै गर्नु पर्ला जस्तो पो देखिन थालेको छ ।

अन्य हिंसाहरु भन्दा महिलामाथि हुने हिंसाहरु फरक खालका नै हुन्छन् । सामान्यतया हिंसा भन्ने बित्तिकै कानूनले अपराध ठहर गर्दछ । हुन त पुरुषमथि पनि महिलाहरुबाट हिंसा भएका घटनाहरु यदाकदा चर्चामा आउने गरेका पाईन्छन् । तथापी पुरुषमाथि महिलाहरुबाट हुने  हिंसाले त्यति व्यापकता भने पाएको देखिदैन । चाहे महिला होस्  वा पुरुष, लिङ्गको आधारमा गरिने हिंसालाई लैंङ्गिक हिंसा भनिन्छ । लैंङ्गिक हिंसाको परिभाषा भित्र पुरुष माथि हुने हिंसा समाबेश भए पनि नेपाल जस्तो पितृसत्तात्मक सामाजिक संरचना भएको समाजमा पुरुषमाथि महिलाले हिंसा गर्ने कुरा त्यति पत्यारिलो मानिदैन ।  त्यसैले लैंङ्गिक हिंसा भन्ने बित्तिकै हाम्रो  समाजमा महिला माथि हुने हिंसा नै बुझ्ने गरिन्छ ।  लिंगको आधारमा महिला र  नाबालिकाहरु  परिवारका सदस्यहरु र नातेदारहरुबाट पनि यौनहिंसाका शिकार बनेका पाइन्छन् ।

महिलाहरुमाथि हुने हिंसामा  हत्या, कुटपिट, गालीगलौज, यौन शोषण,  मानसिक यातना, बैवाहिक बलात्कार, जवरजस्ती करणी, दाईजो नल्याएको कारण बहिस्कार, वोक्सी आरोप र बहुविवाहलगायतका घटनाहरुलाई लिन सकिन्छ । यस्ता घटनाहरु विचारगोष्ठि गरेर अर्थात सप्ताहव्यापी वा जतिसुकै लामो अवधिका सेमिनारहरु आयोजना गरेर छलफल गरिए पनि महिला हिंसाका बारेमा बुझ्न सकिने माथि उल्लेखित चरित्रभन्दा बाहिरका घटनाहरु पाउन सकिने छैन ।

मुख्य कुरा  महिलामाथि हिंसा किन भइरहेको छ भन्ने कुरा नै महत्वपूर्ण हो । महिला हिंसाबारे भर्खरै सम्पन्न भएको यो वर्षको साप्ताहिक कार्यक्रमले महिलामाथि हिंसा ह्नुको कारण बुझ्नतर्पm लागेको भए त्यसको समाधान पनि खोजि गर्न सहज हुन्थ्यो जस्तो लाग्छ । हिंसा हुनुको कारण नबुझ्दासम्म समस्या समाधानको उपाय खोजी गर्न सकिदैन । त्यसैले गोष्ठीहरु त्यतातर्पm केन्द्रीत गर्नु पर्ला जस्तो पंक्तिकारलाई लाग्दछ ।

महिलामाथि हुने हिंसाको उजुरीसमेत दर्ता नगरिने गरेका घटनाहरु सुन्न पाइन्छन् । महिलामाथिको हिंसालाई नेपालको कानूनले स्पष्ट रुपमा अपराध ठहर गरेको छ । कानूनलाई कार्यान्वयन गर्ने निकायले नै महिलामाथिको हिंसा अपराध हो भन्ने जान्दा जान्दै पनि उजुरी दर्ता गर्न अस्वीकार गर्नु स्वयममा अपराध हो । उजुरी दर्ता नगर्ने अधिकारीलाई सजाय कस्तो गर्न सकिन्छ ? कानुनमै निर्धारण गरिनु पर्ने विषय हो । महिलामाथि भएका हिंसाविरुद्धको उजुरी दर्ता नगर्ने अधिकारीलाई सजाय हुन सक्ने कानुनी व्यवस्था नभएसम्म समाजमा हिंसा पीडित महिलालाई केही नजराना दिएर हिंसाको घटनालाई लुकाउने गरिएका घटनाहरु पनि प्रशस्तै चर्चामा आउने गरेका पाइन्छन् । यस्ता विषयहरुबारे महिला हिंसा विरुद्धका अभियानमा लागेकाहरुलाई जानकारी नहोला भन्न सकिदैन । तर अभियन्ताहरुको ध्यानार्कषण यतातिर आकर्षित भएको भने पाइँदैन ।

महिलामाथि हुने हिंसाका घटनाहरु उजुरी प्रकृयामा जान पनि नसकिरहेका पाइन्छन् ।  सामाजिक मर्यादा, संस्कार, पारिवारिक वातावरण  र  पीडकबाट हुन सक्ने खतरालाई मध्यनजर गरी लैंङ्गिक  हिंसा दवाएर राख्न  महिलाहरु बाध्य भएका पनि पाइन्छन् । लैंङ्गिक हिंसालाई टेवा दिनका लागि सामाजिक कुसंस्कार, कुरिति र पुराना परम्पराहरुले निक्कै सहयोग पु¥याएको पाइन्छ । पीडकलाई कानुनी  कारवाही हुँदैन भन्ने विश्वासले महिलाहरु आपूmमाथि भएका हिंसालाई दवाएर राख्न  बाध्य हुन्छन् ।  त्यसैले पनि हाम्रो समाजमा महिलामाथि हुने गरेका हिंसाजन्य अपराधहरु सार्वजनिक भएका थोरै मात्र पाइन्छन् ।

यस्ता विषयबारे हिंसा विरुद्धको साताव्यापी कार्यक्रमले उपचारको विकल्प खोजी गर्न सक्यो कि सकेन ? यो एउटा महत्वपूर्ण प्रश्न हो । आजको विज्ञानको विकासका आधारमा मानिसहरु आपूmलाई निक्कै  चेतनशील ठान्ने  गर्दछन् । यथार्थमा विकास मानिसको नभएर विज्ञानको भइरहेको छ । विज्ञानको विकास मानिसले नै गरेको भए पनि मानिस आमरुपमा विज्ञानको उपयोग गर्नबाट बञ्चित भएका छन्, अर्थात अवशर पाइरहेका छैनन् । आम सर्वसाधारणलाई विज्ञानको विकाससँग सहजरुपमा पहुँच गराउन नसकिदासम्म विज्ञानको विकासले जनतालाई सम्वोधन गरेको मान्न सकिदैन ।

विज्ञानको विकास गराउने मानिस मरेर गएपनि  विज्ञानको विकासलाई आफ्नो साथमा लिएर जाने सम्भावना रहँदैन । मानिसहरु नयाँ नयाँ अनुसन्धान, बैज्ञानिक खोजका कारण असम्भव केही पनि छैन भन्ने जान्दाजान्दै आपूmभित्र कूविचार उत्पन्न गराउन पुग्दछ । मानिसमा उत्पन्न हुने संकुचित सोच, तृष्णा र अंहमताका कारण नै महिलामाथि लैंगिक हिंसा हुन पुग्दछन् । पुरुष जातिमा देखिने अहंकारलाई कसरी नियन्त्रण गर्ने ? महिलामाथि हुने हिंसालाई न्यूनिकरण गर्न यो पनि महत्वपूर्ण उपाय हुन सक्दछ ।

महिलामाथि हुने हिंसामा पुरुष संलग्नता अनिवार्य नै देखिन्छ । त्यसैले पुरुषसँग प्रतिष्पर्धा गर्न महिलालाई सक्षम गराउनु पहिलो काम हुनु पर्दछ । त्यसका लागि शिक्षा जरुरी छ , महिलामाथि हुने हिंसालाई कम गर्न नारीलाई अनिवार्य र निशुल्क शिक्षाको व्यवस्था नै समस्या समाधानको दिर्घकालीन उपाय हो । प्रत्येक गाउँहरुमा प्रत्येक घरका  अभिभावकले छोरीलाई पढाउनु पर्ने बाध्यात्मक व्यवस्था गरिनु पर्छ । छोरीलाई नपढाउने अभिभावकलाई कार्यवाही गर्ने कानुनको व्यवस्थासँगै छोरीलाई पढाउन विशेष सहुलियतको व्यवस्था पनि राज्यले गर्नु पर्दछ । छोरीले शिक्षा पाउने हो भने समाजमा हुने लैंगिक हिंसाको मात्रा अवश्य पनि घट्ने विश्वास गर्न सकिन्छ ।

 शिक्षित नारीसँग पुरुषहरुले आफ्नो हैसियत समान छ भन्ने महशुस गर्न थाले भने धेरै मात्रामा महिलामाथि हुने हिंसामा कमि आउन सक्ने आशा गर्न सकिन्छ । छोरीलाई सामान्य शिक्षा र घरपायक शिक्षालयमा जे जस्तो शिक्षा उपलब्ध हुन सक्दछ राज्यले  त्यहिँ नै पढाउने व्यवस्था गरिनु पर्छ । त्यसपछिको उच्च शिक्षाका निम्ति छोरीहरु अवशरबाट बञ्चित गरिनु हुँदैन । नेपालको विकासका निम्ति  सबैभन्दा  महत्वपूर्ण अभियान छोरीलाई शिक्षा नै हुन सक्दछ । महिलामाथि हुने  हिंसा  कम गर्न छोरीलाई निशुल्क र अनिवार्य शिक्षाको अभियान गर्नु पर्छ भन्ने यथार्थ  हिंसाविरुद्ध प्रत्येक वर्ष गोष्ठी गर्ने अभियन्ताहरुले कहिले बुझ्न सक्लान र महिला हिंसामा कमि आउला ? आशा गरौं ! –जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here