बेथानचोक गाउँपालिकामा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु

69

काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिकामा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। दुर्घटनामा २० जना घाइते भएका छन्।

बेथानचोक गाउँपालिका–५ को च्याल्टीबाट पनौती फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको काभ्रे प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार व्रतबन्धमा सहभागी भएर फर्किँदै गरेको बस दुर्घटना भएको हो। घाइतेहरुलाई धुलिखेल अस्पताल लगिएको छ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here