महिला सीटमा पुरुषले पिसाब गरेपछि…

97

एयरइन्डियाको विमानमा एक जना पुरुषले महिलाको सीटमा पिसाब गरिदिएका छन् । इन्द्राणी घोष नाम गरेकी महिलाले आरोप लगाएकी छिन् कि ३० अगष्टमा न्यूयोर्कबाट दिल्लीतर्फ आइरहेको एयर इन्डियाको फ्लाइटमा नशामा रहेका एक व्यक्तिले उनकी आमाको अगाडि पाइन्ट उतारेर सीटमा पिसाब गरिदिएको समाचार भारतीय सञ्चारमाध्यमहरूमा चर्चामा छ ।

उनका अनुसार उनकी आमा एक्लै यात्रा गरिरहेकी थिइन् । न्यूयोर्कमा बस्ने ती महिला पेशाले योगा प्रशिक्षक तथा वकिल हुन् । उनका अनुसार यो घटनाले आमालाई निकै दुखित् बनाएको छ ।

घटनापछि आरोपी व्यक्तिलाई आरामसँग विमानस्थलबाट निस्कन दिइएको थियो र उसमाथि कुनै कारवाही भएको थिएन् । आमालाई अर्को सीटमा बस्ने व्यवस्था बाहेक विमानका कर्मचारीले केही नगरेको भन्दै उनले आपत्ति जनाएकी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here