आफ्नो दूध दान गर्ने महिला !

103

नयाँ आमाका लागि स्तनपान चुनौतीभन्दा कम होइन । उनीहरूका लागि त्यो अत्यन्तै कष्टको विषय बन्ने गरेको छ । केही आमाको आवश्यकताभन्दा कम दूध मात्रै आउँछ । यस्तो अवस्थामा उनीहरूलाई मिल्क बैंकको सहयोग लिनुपर्ने हुन्छ । तर कोही आमाको यति धेरै दूध आउँछ कि उनीहरूलाई दान नै गर्नुपर्ने अवस्थाको सृजना हुन्छ । क्यालिफोर्नियामा बस्दै आएकी ताबिथा फ्रास्टको समस्या पनि यस्तै छ ।

तीन छोराछोरीकी आमा फ्रान्टले हालसम्म आफ्नै ४ सय ७० लिटर दूध दान गरिसकेकी छन् । औसतमा हर दिन उनको छातीमा ३ लिटरभन्दा बढी दूध आउने गर्छ । यो उनको ८ महिनाको छोरीको आवश्यकताभन्दा ठूलो अन्तरले बढी हो । यसबाट बाँकी रहेको दूध उनले दान गर्ने गरेकी छन् ।

फ्रास्टका अनुसार उनलाई प्रत्येक दिन आफ्नो दूध दोएर निकाल्नु पर्छ । चाहे उनी यात्रामा हुन् वा बिरामी, उनका लागि यो पूर्णकालिन समयको काम जत्तिकै भएको छ । विशेषज्ञका अनुसार यो हाइपरल्याक्टेसनका कारण हुने गर्छ । यसका कारण औसत ३ गुणा ज्यादा ब्रेस्ट मिल्क बन्ने गर्छ । कुनै अवस्थामा प्रोल्याक्टिनको स्तर बढी हुने गर्छ । यसलाई हाइपरप्रोलेक्टिनेमिया भनिन्छ । कुनै अवस्थामा यो ब्रेन ट्यूमरका कारण पनि हुने गर्छ । यद्यपि कुनै अवस्थामा प्रोलेक्टिनकको स्तर सामान्य भए पनि धेरै ब्रेस्ट मिल्क बन्ने गर्छ । यो डक्टसको संवेदनशीलताका कारण हुने गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here