काठमाडौं / महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना सरोकारवालालाई स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले ब्लु क्रस अस्पतालसँग सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवार लगायत बैंकका संस्थापकरसेयरधनीहरूले ब्लु क्रस अस्पतालमा उपचार गराउँदा सेवा शुल्कमा छुट पाउनेछन्।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने ज्यू र अस्पतालका सदस्य सचिव श्री रजत श्रेष्ठ ज्यूले उक्त पत्रमा हस्ताक्षर गर्नु भएको हो । सम्झौता अनुसार यस किसिमको सहकार्यबाट बैंकका ग्राहक वर्गले उपचार खर्चमा १०५ छुट पाउनेछन् ।
यसका साथै बैंकका कर्मचारी तथा कर्मचारीका परिवारले अस्पतालको सेवा शुल्कमा क्रमशः १२५ र १०५ छुट प्राप्त गर्नेछन् । बैंकले आफ्ना संस्थापक÷सेयरधनीहरूका लागि भने अस्पतालसँग १२५ छुट दिने सम्झौता गरेको छ । देशका ७४ वटा शाखाहरूबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आगामी दिनहरूमा उक्त अस्पतालसँग संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरू गर्दै जाने सहमति गरेको छ ।
















