सरकारी लापरवाहीबाट नेपाली नक्सामै कालापानी गायब

83

काठमाडौं/ नेपाली भूभागमा कालापानी छुटाएको पाइएको छ । सरकारले नै राखेका अधिकांश नक्सामा दार्चुलाको कालापानी छुटाएको पाइएको छ । भारतलाई साथ पुग्ने गरी सरकारी नक्सा बनाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेब साइटमै अपूरो नक्सासहितको निसान छाप राखिएको छ । हेलो सरकार, गृहमन्त्रालय र परराष्ट्र मन्त्रालयका ट्वीटरमा पनि त्यही छ ।’ती नक्साबाट वैज्ञानिक मापन गर्दा कालापानीको ६ हजार हेक्टरभन्दा बढी भूमि गायब छ । कुनै साइटमा सात हजार ९ सय हेक्टरसम्म गायब भएको नक्सा प्रयोग गरिएको छ । सुस्तामा पनि नेपाली भूभाग भारतले कब्जा गरिरहेको छ ।

विभागका उपमहानिर्देशक सुरेशमान श्रेष्ठले सरकारी निकायमा प्रयोग भएका नक्साका त्रुटिबारे आफूले पटक–पटक जानकारी गराएको जनाए। ‘नक्सामा नेपाली भूभाग छुटाइएकोबारे मैले आफैं हेलो सरकारमा जानकारी गराएँ । तर अहिलेसम्म त्यसको सुनुवाई भएको छैन,’ उनले भने, ‘सरकारकै आधिकारिक वेब साइटहरूमा राखिएका निसान छापका त्रुटिपूर्ण नक्सा पनि फेरिएको छैन ।’

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा बुधबार भएको बैठकमा पनि गलत नक्सा र निसान प्रयोग भइरहेकोबारे उपमहानिर्देशक श्रेष्ठले ध्यानकर्षण गराए । मन्त्रालय अन्र्तगतकै भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रको वेब साइटमासमेत कालापानी छुटाइएको नक्सा प्रयोग भएको छ ।

नापी विभाग आधिकारिक नक्सा बनाउने सरकारी प्राविधिक निकाय भएर मुलुकको राष्ट्रियता, स्वाधीनताजस्तो विषयमा हेलचेक्र्याई गर्नु दुखद भएको जनाए। विभागको स्वीकृतिबिना कसैले नक्सा बनाउन र प्रकाशन गर्न पाउँदैन । कसैले त्यस्तो गरेमा कारवाही वा जरिवाना गर्ने अधिकार विभागलाई हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here