खोटाङका एक अध्यक्षको उदारणीय कार्य

310

खोटाङ/ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा बुवालुङका वडा अध्यक्ष लिलाकुमार चौहानले राज्यबाट पाएकोसेवासुबिधा आफुलले जनसेवामा र सामाजिक कामका लागि प्रदान गर्नुहुने भएको छ । आफू राज्यको सेवा उपभोग गर्नै नभइ जनताको सेवा गर्न जनप्रतिनिधि बनेको भन्दै राज्यबाट पाउने सबै सुबिधा सामाजिक कामका लागि लगानी गर्ने अध्यक्ष चौहानले जानकारी दिनुभयो ।

अध्यक्ष चौहानले यस वर्ष प्राप्त एक लाख ६८ हजार र व्यक्तिगत ८३ हजार १११ थपेर दुई लाख ५१ हजार १११ नगद सामाजिक कामका लागि आइतबार रकम प्रदान गर्नुभयो । बुवालुङस्थित अन्नपूर्ण माविमा आयोजना गरिएको औपचारिक कार्यक्रममा अध्यक्ष चौहानले सम्बन्धित संस्थाका पदाधिकारीलाई नगद प्रदान गर्नुभएको छ ।

उहाँले आफ्नो वडामा गठन भएका १३ वटा टोल विकास समितिलाई जनही दश÷दश हजार गरी नगद रु एक लाख ३० हजार प्रदान गर्नुभएको छ । समितिलाई घुम्ती कोष सञ्चालन गर्न सघाउ पु¥याउने उद्देश्यले आफूले राज्यबाट पाएको पारिश्रमिक उपलब्ध गराएको अध्यक्ष चौहानले बताउनुभएको छ ।

इन्डियन आर्मीका पेन्सनर समेत रहनुभएका अध्यक्ष चौहानले आफ्नो स्वर्गीय बुबा नैनसिं चौहानको स्मृतिमा आफूले अध्ययन गरेको अन्नपूर्ण माविमा एक लाख ११ हजार १११ को अक्षयकोष स्थापना गर्न नगद प्रदान गर्नुभयो । विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये गरीब तथा जेहेन्दार विद्यार्थीलाई अक्षयकोषबाट आएको ब्याजले प्रत्येक वर्ष दुई जना विद्यार्थीलाई पुरस्कृत गर्ने उद्देश्यले अध्यक्षकोष स्थापना गरिएको छ ।

३२ वर्षीय अध्यक्ष चौहानले स्थानीय दश वर्षीय छात्र निरकुमार खत्रीको अभिभावकत्व समेत ग्रहण गर्नुभएको छ । उहाँले अन्नपूर्ण माविकै बालविकास केन्द्र ‘ग’मा अध्ययनरत छात्र खत्रीका लागि आवश्यक सम्पूर्ण खर्च व्यवस्थापनका लागि नगद दश हजार रकम आइतबार नै विद्यालयका प्रधानाध्यापक रेखादेवी राउतलाई प्रदान गर्नुभयो ।

अन्नपूर्ण माविको ५२ औं वार्षिक उत्सव कार्यक्रमकै अवसरमा आयोजना गरिएको रकम हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष चौहानले आफ्नो कार्यकालभित्र राज्यबाट पाउने सम्पूर्ण पारिश्रमिक सामाजिक कामकै लागि खर्च गर्ने प्रतिवद्धता जनाउनुभएको छ । विद्यालय परिवारले विद्यालयको वार्षिक उत्सव समापन कार्यक्रममा अध्यक्ष चौहान लगायत निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here