अमेरिकामा अहिलेसम्मकै भयानक समुद्री आँधी

778

अमेरिका/ प्रतिघण्टा १ सय ९५ किलोमिटरको गतिमा बगिरहेको क्याटगोरी थ्रीमा राखिएको आँधी भयानक हुनसक्ने चेतावनी दिइएको छ । अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भयानक समुद्री आँधीको खतरा रहेको भन्दै प्रभावित क्षेत्रका बासिन्दाहरुलाई घर छाडेर सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ ।

निर्देशनपछि कति घर छाडेर सुरक्षित स्थलतर्फ लागे भन्नेबारे अहिलेसम्म यकिन तथ्यांक भने सार्वजनिक भएको छैन ।

साउथ क्यारोलिना, नर्थ क्यारोलिना र भर्जिनिया राज्यका १७ लाख बासिन्दा यसबाट प्रभावित हुने भन्दै उनीहरुलाई घर छाडेर सुरक्षित स्थलतर्फ जान सरकारी अधिकारीहरुले निर्देशन दिएका हुन् ।

आँधीको त्रास अन्य क्षेत्रमा पनि देखिएको छ । क्यारोलिना, जर्जिया, भर्जिनिया र वासिंटन डीसीले आपतकालको घोषणा गरेका छन् ।

अमेरिकाको नेशनल वेदर सर्भिसका मौसदविदले यो आँधी क्यारोलिना तटको अहिलेसम्मकै भयानक हुनसक्ने जनाएका गरेका छन् ।

आँधी बिहीबार बेलुकासम्म अमेरिकाको पूर्वी तटीय क्षेत्रमा पुग्ने चेतावनी दिइएको बीबीसीको समाचारमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here