मृत अवस्थामा फेला

216

 पर्सा, डोटी, प्युठान र कास्कीमा १/१ जना गरी ५ जना मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं/ गोकर्णेश्वर नगरपालिका–४ रमपम चोकस्थित ग्रेश बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले बनाई छाडेको घरको सेप्टी ट्याङ्कीमा हाल नाम, थर, वतन नखुलेको अन्दाजी ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका हुन् ।

पर्सा बीरगंज महानगरपालिका–१६ ईनर्वास्थित रामजानकी मन्दिरको बाँसघारीमा हाल नाम, थर, वतन नखुलेको अंदाजी ४० वर्षीय पुरुषको शव सडेगलेको अवस्थामा बुधबार फेला परेको छ ।

डोटी पुर्वीचौकी गाउँपालिका–३ बस्ने ५३ वर्षीया दुरादेवी बोहोरा सोही गाउँपालिका–४ स्थित खोलाको किनारामा मृत अवस्थामा फेला परेकी छिन् । भदौ १६ गते घाँस काट्न जान्छु भनी गएकी बोहरा घर फर्कि नआएपछि खोजतलास गर्ने क्रममा बुधबार उक्त स्थानमा मृत फेला परेकी हुन् ।

प्युठान गौमुखी गाउँपालिका–३ आरदीप बस्ने ४० वर्षीया निशा बिष्ट आफ्नै घर भित्र बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

कास्की पोखरा लेखनाथ महानगरपालिका–२५ हेम्जा स्थित याम्दीमा चिया पसल संचालन गरी बस्ने सिनधुपाल्चोक घर भएका ५९ वर्षीय चन्द्रबहादुर थापा आफ्नै घरको पिंढीमा गएराति मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here