यौनइच्छा मेट्न अचम्मको शर्त !

394

भारत/ भारतको पन्जाबस्थित पटियालामा एक सरकारी इन्टर कलेजकी प्रिन्सिपलले आफ्नो स्कुलमा पढ्दै गरेका १२ कक्षाका छात्रसँग जबर्जस्ती शारीरिक सम्बन्ध बनाएकी थिइन् । छात्रको परिवारद्वारा घटनाको मुद्दा लगत्तै आरोपी प्रिन्सिपल फरार भएकी छन् । घटना राजपुरा क्षेत्रको एक गाउँको हो । पीडित छात्रले प्रहरीलाई जनाए अनुसार स्कूलकी प्रिन्सिपलले उनलाई एकपटक आफ्नो घरमा बोलाएकी थिइन् । त्यहाँ उनले जबर्जस्ती छात्रसँग शारीरिक सम्बन्ध राख्न बाध्य पारिन् । त्यसपछि प्रायः ती छात्र महिला प्रिन्सिपलद्वारा पटक–पटक यौन हिंसाको शिकार बने । उनले छात्रलाई गम्भीर परिणाम भोग्नुपर्ने धम्की दिंदै सम्बन्ध बनाउँथिन् ।

पीडित छात्रले भनेअनुसार पहिलो एकपटक महिला प्रिन्सिपलले सम्पर्क गर्न अस्वीकार गरेपछि प्रिन्सिपलले उनको नाम स्कूलको रजिस्टरबाट हटाइदिएकी थिइन् र नाम राख्नको लागि आफूसँग शारीरिक सम्बन्ध राख्नुपर्ने शर्त राखेकी थिइन् । महिला प्रिन्सिपलको धम्की र डरका कारण घटना केही समय गुपचुप नै रह्यो । तर छात्रलाई परेको समस्याबारे उनको परिवारले थाहा पाएपछि ती महिला प्रिन्सिपल विरुद्ध छात्रको परिवारले उजुरी दिएका थिए ।

प्रहरीको साथै शिक्षा विभागले पनि घटनाको छानविन ग¥यो । घटना उजागर भएपछि प्रिन्सिपल फरार छिन् । उनले आफ्नो फोनसमेत स्वीच अफ गरेको प्रहरीले जनाएको छ । सर्किल एजुकेसन अफिसरका अनुसार पीडित छात्रको बयानको आधारमा त्यसको एक रिपोर्ट शिक्षा सचिवलाई समेत पठाइएको छ । शिक्षा विभागले ती महिला प्रिन्सिपललाई उचित कारबाही गर्ने आश्वासन दिएपछि पीडित परिवारले प्रहरीलाई दिएको उजुरी फिर्ता लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here