प्राज्ञिकले दिए नि:शुल्क कम्प्युटर प्रशिक्षण

308

प्राज्ञिक विद्यार्थी परिषद नेपाल जोरपाटी नगर समितिले निशुल्क कम्प्युटर प्रशिक्षण दिएको छ ।

गोकर्णेश्वर नगरपालिकाका विभिन्न कलेजमा अध्ययन गर्ने दलित ,जनजाति ,जेहेन्दार ,असहाय र निम्न आर्थिक भएका ५० जना विद्यार्थीहरुलाई छनोट गरि निशुल्क कम्प्युटर प्रशिक्षण दिएको हो ।

प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष नारायण बाहादुर श्रेष्ठ , विद्यार्थी परिषदका राष्ट्रिय सचिव एवं बाग्मती विभाग संगठन सचिव छितराज न्यौपाने ,प्रदेश सचिव कृष्ण प्रसाद हुमागाइ ,नगर सचिव रोहित गौतम ,ग्याल्यक्सी ईन्स्टिच्युट्का संचालक सन्देश श्रेष्ठ ,कार्यक्रम संयोजक प्रतीक गौतम लगायतको उपस्तिथि रहेको थियो ।

उक्त कार्यक्रमका प्रमुख अथिती वडा अध्यक्ष नारायण बहादुर सुवेदीले यस्तो राज्यले गर्ने कार्य विद्यार्थी परिषदले गर्ने योजना बनाएकोले विद्यार्थी परिषदलाई हृदय देखि धन्यवाद दिनु भयो । उहाँले आगामी दिनमा विद्यार्थी परिषदका गतिविधिहरुमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

परिषदका राष्ट्रिय सचिव छितराज न्यौपानेले विद्यार्थी परिषदले देश व्यापी रुपमा रचनात्मक र प्रशिक्षणात्मक गतिविधि गर्दै आइरहेको र यो कार्यक्रमको सुरुवात गर्ने जोरपाटी नगर समितिलाई बधाई एवं अभिनन्दन गर्नु भयो।

उहाँले यस्तै अन्य कार्यक्रमहरुमा पनि सहभागी हुन प्रशिक्षार्थीहरुलाइ आग्रह गर्दै प्रशिक्षणमा भरपुर सीप विकास गरेर लाभ लिन अनुरोध गर्दै कार्यक्रम सफलताको शुभकामना दिनु भयो।

ईन्स्टिच्युटका संचालक सन्देश श्रेष्ठले विद्यार्थी परिषदले सामाजिक दायित्व दिएकाले यो दायित्वलाई निर्वाह गर्न आफू तयार रहेको र आगामी दिनमा पनि यस्ता कार्यमा सक्रिय रहने जनाउनु भएको छ ।

उक्त कार्यक्रममा प्रदेश नम्बर ३ का सचिव कृष्ण प्रसाद हुमागाइ, नगर सचिव रोहित गौतमले शुभकामना मन्तव्य राख्नु भएको थियो । प्रशिक्षण कार्यक्रमको संचालन जोरपाटी नगर छात्रा प्रमुख सबिता लामिछानेले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here