अमेरिकामा नेपालीसहित तीनको गोली हानी हत्या

315

काठमाडौ, ६ असोज । अमेरिकाको मेरिल्याण्ड राज्यमा एक नेपाली महिला सहित तीन जनाको गोली हानी हत्या गरिएको छ । गोली काण्डमा एक नेपाली घाइते पनि भएका छन् ।
चमेरिल्याण्डको एक कम्पनीमा काम गर्ने २६ वर्षीया स्नोयिआ मोस्ले नाम गरेकी महिलाले बिहीबार अन्धाधुन्धा गोली चलाउँदा ४१ वर्षीया वृन्दा गिरीसहित अन्य दुई जनाको मृत्यु भएको छ । अमेरिकामा स्वास्थ्य सामग्रीको विक्रेता राइट एडको गोदाममा काम गर्ने नौ नेपालीमध्ये वृन्दाको गोली लागेर निधन भएको हो । अर्का नेपाली ४५ वर्षीय प्रेम आचार्य घाइते भएका छन् । श्रीमान् काशीराम गिरी र दुई छोराछोरीसहित अमेरिकामा बस्दै आएकी वृन्दाले तीन महीना अगाडि मात्र त्यहाँ काम गर्न थालेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here