प्रधानमन्त्री ओली आज अमेरिका प्रस्थान गर्नुहुँदै

86

काठमाडौं । अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली आज राति अमेरिका प्रस्थान गर्दैहुनुहुन्छ । आज राति ९ बजेपछि प्रधानमन्त्री ओली त्यसतर्फ जान लाग्नु भएको हो ।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार प्रधानमन्त्री ओली २० सदस्यीय उच्चस्तरीय टोलीको नेतृत्व गरेर अमेरिका जान लाग्नु भएको हो । टोलीमा प्रधानमन्त्रीपत्नी राधिका शाक्यका साथै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल सहभागी हुनेछन् । त्यसैगरी, नेपाल सरकारका वरिष्ठ अधिकारीलार्इ पनि भ्रमण टोलीमा समेटिएको छ ।

राष्ट्रसंघले ‘राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔंः शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ भन्ने मूल नाराका साथ असोज २ गतेबाट ७३ औं महासभा शुरु गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here