काठमाडौं / कोटेश्वर–जडिवुटीको समस्या भनेकै सवारीसाधनको जाम हो । यो समस्या समाधान गर्न तिहार अघि नै हनुमन्ते नदी तथा मनोहरा नदीको दोभानमा बेलिव्रिज सञ्चालनमा ल्याउने जनाइएको छ ।
आइबार स्थलगत निरिक्षण गर्न पुगेका पूर्व उद्योगमन्त्री महेश बस्नेतको विशेष पहलमा सडक विभाग केन्द्रीय कार्यालय ललितपुरका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठ, पिआईडी दिवाकर ढकाल, स्थानिय जनप्रतिनिधि तथा सरोकारवाला निकायहरु सहितको टोलीले निरिक्षणपछि उक्त कुरा जनाएका हुन् ।
उक्त स्थानमा हनुमन्ते नदी तथा मनोहरा नदीको करिडोर निर्माणका कार्यहरु अघि वढिरहेका छन् । त्यस्तै पेप्सीकोलादेखि सल्लाघारीसम्म पनि सडकको चौडाई वढाउने कार्य टेण्डर भई निर्माण कार्य अघि वढिरहेको छ ।
निरिक्षणका क्रममा सांसद बस्नेतले भन्नुभयो ‘कोटेश्वर – जडिवुटीमा सवारी जामका कारण लाखौ मानिसको लामो समय वर्वाद भइरहेको र त्यसलाई दिर्घकालिन समस्या समाधान गर्न राष्ट्रिय गौरवका कार्यहरु सुरुङ मार्ग, बैकल्पीक मार्ग लगायतका कार्यहरु अघि वढिरहेको छ । ति दिर्घकालिन योजनाहरु पूर्ण रुपमा सञ्चालनमा नआउन्जेलसम्म अस्थायी रुपमा बालकुमारीदेखि हनुमन्ते – मनोहरा हुँदै अरनिको राजमार्गसम्म जोड्नको लागि यो वेलिव्रज बनाउने प्रकृयामा अघि वढेका हौं । हनुमन्ते नदी तथा मनोहरा नदीमा स्थायी पुलहरु निर्माणका प्रकृयामा रहेका छन् ।’
त्यस्तै विभागका महानिर्देशक श्रेष्ठले उक्त वेलीव्रीज सम्भाव भएसम्म आगामि तिहार अघि नै सञ्चालनमा ल्याउने जनाउनुभयो ।


















