सत्तासीन नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)मा देखा परेको गुटबन्दी बिष्फोटक अवस्थामा पुगेको छ । पार्टी अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमणमा रहेका र अर्का अध्यक्ष पुष्प कमल दाहाल सिंगापुर भ्रमणमा रहेको अवसर छोपेर वरिष्ठ नेता माधव नेपालले अहिले अपरान्ह १२ बजेदेखि स्थायी समिति सदस्यहरुलाई चियापानको बाहनामा बैठक आयोजना गर्दै हुनुहुन्छ ।
स्थायी समितिको अधिकार खोसेर पार्टी सचिवालयले विधान विपरित निर्णयहरु गरिरहेकाले माधव नेपाल पक्ष असन्तुष्ट बनेको छ । यहि विषयमा र पार्टीभित्रबाट भइरहेका अन्य विविध विषयहरुबारे स्थायी समिति सदस्यहरुको भावना बुझ्न र आफ्नो प्रभाव स्थापित गर्न माधव नेपालले कसरत गरिरहनु भएको रुपमा यो चियापानको राजनीतिलाई लिएको छ ।
नेताहरुबीच देखापरेको यो खालको गुटबन्दीले पार्टीलाई संकटमा पु¥याउने सम्भावना देखिएको छ । नेता माधव नेपालले सरकारबाट भइरहेका कामको पनि खुलेर आलोचना गर्नुभएको छ । पार्टी भित्र सरकारप्रति असन्तुष्टि बढीरहेको बेला वरिष्ठ नेता माधव नेपालको सक्रियताले सत्तासीन दलभित्र नयाँ धुव्रिकरणका साथै सरकार परिवर्तनको सम्भावनालाई समेत विश्लेषकहरुले परिणामदायी भनेका छन् ।















