रोल्पामा सशस्त्र द्वन्द्वकालको झ–झल्को

83

काठमाडौं । माओवादीको उद्गम थलो मानिने रोल्पाका कतिपय स्थानीय तहका जनप्रतिनिधिहरूले विगतमा सशस्त्र सङ्घर्षमा सँगै बन्दुक बोकेकाहरूबाटै सुरक्षा खतरा बढेको अनुभव गर्न थालेका छन् । त्यहाँ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भ्रष्ट व्यक्तिहरुलाई कारवाही अभियान चलाएको बीबीसीले समाचारमा उल्लेख गरेको छ । बीबीसीका अनुसार विगतको माओवादी विद्रोहको झल्को दिने खालका गतिविधि रोल्पामा देखिन्छन् ।

त्यहाँका जनप्रतिनिधिहरूका अनुसार विगतमा हतियार लिएरसँगै लडेकाहरूले नै निर्वाचित जनप्रतिनिधिलाई तारो बनाउदै चन्दा माग्नेदेखि लिएर पद छाड्ने सम्मका दबाव दिँदै आएका छन् । ती जनप्रतिनिधिलाई आर्थिक अनियमितता गरेको आरोप लगाईएको छ । पूर्वसहकर्मी
विगतमा माओवादी लडाकु रहेका वीरबहादुर खत्री गएको निर्वाचनमा गङ्गादेव गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए।
अध्यक्ष निर्वाचित भएपछि कथित जनप्रतिनिधि भनेर सम्बोधन गरिएको एउटा पत्र उनलाई आयो। त्यसमा उनलाई पद त्याग्न भनिएको थियो । ‘कारवाही गर्नुपर्ने त प्रचण्डजीहरूलाई हो’उनी भन्छन्, कथित अध्यक्ष भनेर लेखेको पत्र दिए, कथित काटेर लैजाऊ भनेँ। अहिले उनीहरूले मलाई दबाब दिएका छन्। पहिले पनि युद्ध लडेको मान्छे म। मलाई नै कारबाही गर्ने भनेर हल्ला चलाइएको छ । सदरमुकाममा सुरक्षाका सबै निकाय छन्, तर गाउँमा छैनन्। उनीहरूले मान्छे कुट्ने काम गरिरहेका छन्, चन्दा मागिरहेका छन् । रोल्पाको माडी गाउँपालिकाको अवस्था पनि त्यस्तै छ – बीबीसी समाचारमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here