सुस्तावासीलाई छिटोभन्दा छिटो नागरिकता दिन माग

174

काठमाडौं / सरकार समक्ष नेपालको सीमा विवाद र समस्याबारे नेपालीभूमी बचाउने अभियानमा होमिएका सुस्ता बचाउ अभियानका प्रतिनिधिमण्डलले आफ्नो कुरा राख्दै सुस्तावासीलाई छिटोभन्दा छिटो नागरिकता दिन माग गरेको छ ।

राजधानी आइपुगेका सुस्ता बचाउ अभियानका संयोजक गोपालप्रसाद गुरुङको नेतृत्वमा आएका प्रतिनिधिमण्डलले कार्यवहाक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लगायतलाई भेटर आफ्नो कुरा राखेको साथै रक्षामन्त्री र गृहमन्त्री दुवैलाई ज्ञापनपत्र बुझाएको थियो ।

टोलीले शुक्रबार गृहमन्त्री थापासँग भेटेर सुस्ता र सुस्तावासीका समस्या समाधानका लागि विविध संभावनाबारे छलफल गरेको थियो । ‘सुस्ता बचाउ अभियान’ का संयोजक गुरुङले विभिन्न मागसहित गृहमन्त्री थापालाई ज्ञापनपत्र समेत बुझाएका थिए ।

सोही क्रममा ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालले सुस्ताको समस्या समाधान गर्न सर्वप्रथम त्यहाँ बर्सौँदेखि बसेर सुस्ताको भूमी बचाउँदै आएका नागरिकलाई घरधुरी गनेर स्थानीय प्रतिनिधि समेतको रोहबरमा मुचुल्का उठाई घरदैलोमै पुगेर नागरिकता दिनुपर्ने विषय उठान गरेका थिए ।

सो अवसरमा ग्रेटर नेपाल अभियानका अभियन्ता नेपालले २०६३ सालमा घुम्ती टोली बनाएर नागरिकता वितरण गर्न लाग्दा सुस्तावासीले नागरिकता बनाउन गए त्यसै दिन भारतीयहरु आएर उनीहरूका घरटहरा कब्जा गर्ने सूचना पाएको घटनापछि उनीहरुले नागरिकता लिन नपाएको प्रसंग गृहमन्त्री बादललाई स्मरण गराएका थिए ।

सुस्ता बचाउन भारतीय सीमा सुरक्षा बलसँग ज्यानको बाजी लगाउनेलाई नागरिकता नदिनु अन्यायपूर्ण भएता पनि अहिलेसम्म उनीहरुले नागरिकता समेत पाएका छैनन । उनीहरूले त नेपालको जमिन कब्जा हुनबाट मात्र बचाएका छैनन्, वास्तवमा सुस्तावासी नागरिक सँगसँगै जिउँदा जाग्दा बोर्डर पिलर हुन् ।’ ग्रेटर नेपालका अभियन्ता नेपालले भने ।

गृहमन्त्री थापाले सुस्तावासीलाई छिटोभन्दा छिटो नागरिकता दिने विषयमा गृहमन्त्रालय गम्भिर भएर लाग्ने जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here