देश टुक्र्याउन खोज्नेलाई विराटनगरबाट गृहमत्रीको चेतावनी

218
u[xdGqL yfkf lj/f6gu/df u[xdGqL /fdaxfb'/ yfkfnfO{ cfOtaf/ lj/f6gu/ ljdfg:yndf :jfut ub}{ :yfgLo . t:jL/ M dgf]h bfxfn, lj/f6tgu/, /f;;

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले देश टुक्र्याउन खोज्ने राष्ट्रघातीलाई सरकारले कारवाही गर्ने चेतावनी दिएका छन् ।विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुलुकलाई विखण्डन गरी अस्थिरता फैलाउने अभियानमा लाग्नेलाई सरकारकाले दण्डित गर्ने पनि उनले जनाए ।

मन्त्री थापाले विगतमा देशमा हुने गरेका बम विस्फोटन, बन्द हडताललगायत जस्ता गतिविधिहरु नियन्त्रणमा आएको दाबी गर्दै वर्तमान सरकारले जनतालाई शान्ति सुरक्षाको अनुभूति दिएको धारणा व्यक्त गरेका छन् ।

उनले निर्मला पन्त हत्या सम्बन्धी गठित उच्चस्तरीय छानबिन समितिले सरकारलाई प्रतिवेदन बुझाइसकेकाले घटनामा संलग्न दोषी चाँडै कारवाहीको प्रक्रियामा ल्याइने पनि जानकारी गराएका छन् । पन्तको बलात्कारपछि हत्या गरिएको प्रतिवेदन मन्त्रिपरिषद्मा छलफलपछि सार्वजनिक गरिने जानकारी उनले गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here