युरोपमा मातृभूमिको विकासका लागि एक महिना पत्रकारिता तालीम शुरु

120

काठमाडाैं । युरोपमा रहेका नेपालीका लागि नेपाल पत्रकार महासङ्घ, युरोप शाखा र नेपाल प्रेस इन्स्टिच्युटले संयुक्त रुपमा  वैशाख २७ गतेदेखि एक महिना लामो पत्रकारिता तालीम शुरु गरेको छ ।

जुम प्रविधिबाट शुरु भएको तालीमको उद्घाटन गर्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले मुलुकबाहिर रहेर पनि नेपाली भाषाको उत्थान र मातृभूमिको विकासका लागि पत्रकारहरुले गरेको योगदान सराहनीय रहेको जनाउनुभयो ।

‘‘परिस्थितिले विदेशलाई कर्मभूमि वनाउन पुगेका नेपालीका साथ जुमको माध्यमबाट एकै पृष्ठमा उपस्थित हुन पाउँदा ‘ग्लोबल भिलेज’को सही अभ्यास भएको अनुभव गरिरहेको छु’’ अध्यक्ष पोखरेलले भन्नुभयो ।

पत्रकार महासङ्घ युरोप च्याप्टरका अध्यक्ष सरस्वती कार्कीको अध्यक्षतामा भएको तालीमको उद्घाटन सत्रमा बेल्जियम शाखाका अध्यक्ष ओम शर्मा, गैरआवासीय नेपाली सङ्घ, युरोपका संयोजक नारायण आचार्य, युरोप शाखाकै उपाध्यक्ष लक्ष्मण देवकोटा, लेखक दर्पण गौतम, नेपाल प्रेस इन्ष्टिच्युटका कार्यकारी निर्देशक लक्ष्मण उप्रेती र प्रशिक्षक कपिल काफ्लेले सम्बोधन गर्नुभएको थियो ।

पत्रकारिता तालीमको उद्देश्य नेपाली लेखनमा रुचि राख्ने सहभागीलाई आमसञ्चार र पत्रकारिताका विषयमा आधारभूत अवधारणा तथा ज्ञान प्रदान गरी समाचार, आलेख र सिर्जनात्मक लेखन तयार पार्नसक्ने वनाउनु रहेको छ । सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवा रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका प्रमुख वीरेन्द्र शर्माले जनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here