असन्तुष्ट माधवलाई सिंगापुरबाट प्रचण्डको फोन

109

काठमाडौं/ सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका नेताबीच आरोप प्रत्यारो चलिरहेका बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाललाई सिंगापुरबाट टेलिफोन गरेका छन् ।

संसदको बर्खे अधिवेशनको अन्तिम दिन वरिष्ठ नेता नेपालले सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको भन्दै कडा मन्तव्य दिएपछि नेकपामा खटपट देखिएको थियो ।

नेकपाका दुई गुटका नेताबीचको विवाद सतहमा पुगेपछि पत्नी सीताको उपचारका लागि सिंगापुर पुगेका प्रचण्डले नेपाललाई आइबार बिहान फोन गरेका हुन् । आइतवार बिहान भएको फोन वार्ताको पुष्टि गर्दै नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले दुवै नेताबीच पार्टी एकताको प्रक्रियालाई टुंगोमा पु¥याउनेबारे छलफल भएको जनाए ।

‘नेता नेपाललाई प्रचण्डले सिंगापुरबाट फोन गर्नुभएको थियो । त्यसक्रममा उहाँहरुबीच एकताकै सन्दर्भमा कुरा भएको हो’, रिजालले भने, ‘अहिले पार्टीमा देखिएका भनिएका समस्या सिंगापुरबाट आफू फर्केपछि बसेर मिलाउनुपर्छ भन्ने कुरा प्रचण्डले गर्नुभएको थियो ।’

नेता नेपालले सरकारले राम्ररी खुट्टो टेक्न नसक्दा ‘देश डुब्न लाग्यो’ भन्ने अभिव्यक्ति संसदमा दिएसँगै नेकपामा ओली समूह रुष्ट बनेको छ । नेपालको उक्त भनाइपछि प्रम ओलीले न्यूयोर्कबाटै आफू विदेश रहेका देश डुबेको भन्नु हाँस्यास्पद हुने भन्दै चाँडै फर्किने जनाएका थिए ।

कञ्चनपुरकी १३ वर्षीया बालिकाा निर्मला पन्तको बलात्कार प्रकरण तथा देशभर केही समय यता भइरहेका महिला हिंसाका घटनामा संलग्नलाई कारबाही गर्न असफल भएको भन्दै सरकारको आलोचना भइरहेका बेला नेकपा भित्र किचलो सुरु भएको हो ।

वरिष्ठ नेता नेपाल प्रदेश संयोजकहरु चयनका क्रममा ओलीले एकपक्षीय निर्णय गरेको भन्दै असन्तुष्ट भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here