हेटौंडाको वर्गसंगै विद्यार्थी परिषदको प्रदेश ३ का जिल्ला अभ्यासवर्ग सम्पन्न

210

 काठमाडौं/ गत साउन १२ गते त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसबाट प्रारम्भ भएको प्राज्ञिक विद्यार्थी परिषद् नेपालको अभ्यास वर्ग अहिले प्रदेश नम्बर ३ का सबै जिल्ला काठमाडौ ,भक्तपुर ,ललितपुर ,काभ्रे ,सिन्धुपाल्चोक ,दोलखा ,रामेछाप ,सिन्धुली ,नुवाकोट ,रसुवा ,धादिङ ,चितवन र मकवानपुर गरेर २२ वटा जिल्लाहरुमा सफलताका साथ सम्पन्न भएका छन।

सबै जिल्लामा सम्पन्न भएको एक दिवसीय अभ्यास वर्गमा विद्यार्थी परिषदका कार्यकर्ता र विद्यार्थीहरुलाइ विद्यार्थी परिषदको सैद्धान्तिक भुमिका ,कार्य पद्धति ,सक्षम इकाई जस्ता विविध विषयहरुमा प्रशिक्षण प्रदान गरिएको थियो ।

उक्त अभ्यास वर्गको प्रवासमा विद्यार्थी परिषदका राष्ट्रिय अध्यक्ष डा । रामजी गौतम , राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल ,राष्ट्रिय सह संगठन सचिव रमेश कंडेल ,राष्ट्रिय सचिव छितराज न्यौपाने ,राष्ट्रिय कला एवं साहित्य प्रमुख सुरेन्द्र प्रसाद जोसी , राष्ट्रिय छात्रा प्रमुख भगवती श्रेष्ठ ,राष्ट्रिय सह छात्रा प्रमुख बिन्द्रा वि क ,प्रदेश नम्बर ३ का अध्यक्ष फुलप्रसाद सुवेदी, ५ का अध्यक्ष दीपक ढकाल , ३ का प्रदेश सचिव कृष्ण प्रसाद हुमागाइ लगायत केन्द्रीय सदस्यहरु हुनुहुन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here