फाष्ट ट्रयाक डिपिआरका लागि कोरियन कम्पनी सुसुङसँग सम्झौता

151

काठमाडौँ, १७ असोज । नेपाली सेनाले काठमार्डाै–तराई– मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक) को विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माणको जिम्मा दक्षिण कोरियाको सुसुङ इञ्जिनीयरिङ कम्पनीलाई दिएको छ । मंगलबार नेपाली सेना र कोरियन कम्पनीबीच डिपिआर बनाउने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको फाष्ट ट्रयाक डिपीआर तयार गर्न सेनाले आवेदन मागेकामा एक नेपाली सहित १६ विदेशी कम्पनीले आवेदन दिएका थिए । त्यसमध्य ६ वटा परामर्शदाता कम्पनी छनोट भएकामा कोरियाली परामर्शदाता कम्पनीले डिपिआर निर्माणको जिम्मा पाएको हो । मंगलबार सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजना प्रमुख एवं उपरथी योगेन्द्रबहादुर खाँण र सुसुङ कम्पनीका अध्यक्ष कि ह्युन ह्वाङले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

फाष्ट ट्रयाकको डिपिआर यस अघि भारतीय कम्पनी आइएल एण्ड एफएसले तयार पारेको थियो । उक्त डिपिआरमा सहमति नभएपछि सेना आफैले डिपिआर बनाउने निर्णय गरेको थियो । गरेकामा प्रतिवेदनको मूल्यका विषयमा सहमति नभएपछि नेपाली सेनाले अर्को परामर्शदाताको छनोट गरेको थियो । १० करोड १३ लाखको लागतमा आगामी कात्तिक ५ गतेदेखि लागू हुने गरी आगामी १०५ दिनभित्र तयार हुने गरी डिपिआर निर्माणका लागि सम्झौता गरिएको छ । द्र्रुतमार्गको डिपीआरका लागि १६ परामर्शदाता कम्पनीले आवेदन दिएका थिए । एशियाली विकास बैँकले सन् २००८ मा तयार गरेको सम्भाव्यता अध्ययन प्रतिवेदनलाई आधार मानेर अहिले सेनाले निर्माणसम्बन्धी आधारभूत र प्रारम्भिक कार्य गर्दैआएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here