काठमाडौमा चल्ने बसमा पत्रकारलाई आरक्षित सिट

198

काठमाडौँ, १९ असोज राजधानीको साँखुदेखि दक्षिणकालीसम्मको भर्खरै रुट अनुमति पाएको बसले पत्रकारलाई लक्षित गरी आरक्षित सिटको व्यवस्था गरेको छ ।

बाबा गोकर्णेश्वर यातायात अटो प्रालिका २५ वटै बसमा पत्रकारका लागि अग्रपङ्क्तिका दुई सिट आरक्षित कोटामा राखेको हो ।उपत्यकाभित्र लामो दूरीको सञ्चालन अनुमति पाएको उक्त कम्पनीका ४० सिट क्षमताका सबै बसमा सिट नं। १ र २ पत्रकार लागि छुट्याइएको छ । उक्त कम्पनीले अन्य बसहरूमा जस्तै महिला, ज्येष्ठ नागरिक, असक्त, बच्चा–आमा र अपाङ्गता भएका व्यक्तिका लागि पनि प्राथमिकताका साथ दुई–दुई सिट छुट्याएको छ ।

पत्रकारले क्यामेरा, डायरी, झोला बोकेर सधैँ हतार–हतारमा हिँडेर काम गर्नुपर्ने भएकाले बोकेका सामग्रीको सुरक्षा र राष्ट्रको चौँथो अङ्गका रुपमा रहेका पत्रकारलाई यात्रामा सुविधा होस् भनेर आरक्षणको व्यवस्था गरेको उक्त यातायातले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here