भावुक भएर पुरानो गित सम्झिनु भएको होला

263

 काठमाडौं/ संयुक्त राष्ट्रसंघ महासभामा सहभागी भएर बिहिबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले नेता माधव नेपालप्रति व्यंग्य गरेका छन् । त्रिभुवन विमानस्थलमा ओर्लिए लगत्तै पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले नेता नेपालप्रति व्यंग्य गर्दै उनी पुरानो गित सम्झिएर भावुक भएको जनाएका छन् ।

‘अलि भावुक भएर उहाँले पुरानो गीतको सम्झना गर्नुभयो होला तर यो खास ठुलो विषय होइन ।’ ओलीले भने । प्रधानमन्त्री ओलीले नेपाल कम्यूनिष्ट पार्टी भित्र कुनै विवाद नरहेको भन्दै माधव नेपाल आफ्नो पुरानो मित्र भएको बताए । माधवजी मेरो २०२९ साल देखिको मित्र हो, उहाँसगको सम्बन्धमा कुनै समस्या छैन, ओलीले भने ।

सरकारले जारी गरेको बजेट लागु भएको दुई महिना मात्र वितेकोले अहिले नै यो भयो र भएन भन्ने अवस्था नभएको बताउँदै ओलीले बजेटलाई पूर्ण कार्यन्वयन हुन दिनुहोस सबै कुरा ठिक भएर जानेछन् भनेका थिए । ओली महासभामा भाग लिन असोज ६ गते अमेरिका प्रस्थान गरेका थिए । त्यहाँ उनले विभिन्न मुलुकका सरकार प्रमुख र राष्ट्रप्रमुखसँग पनि भेट गरेका थिए । प्रधानमन्त्री ओलीले आफ्नो भ्रमण सफल भएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here