नक्कली आरोहण अनुमति पत्र बनाउने ३ जना पक्राउ

274

काठमाडौं/ सेभेन सम्मिट ट्रेक्स प्रा.ली मा लिगल डिपार्टमेन्टको रुपमा कार्यरत निभेश कार्की,मार्केटिङ मेनेजर फुर्तेन्जी शेर्पा र लेखापाल विजयश्वर अर्याल लाई कीर्ते आरोहण अनुमति पत्र तयार गरेको आरोपमा पक्राउ परेका छन्।

मिति २०७४।१२।३० गते सेभेन सम्मिट ट्रेक्स प्रा ली मार्फत सगरमाथा आरोहण गर्न तयार भएको 14 Peak Experience Everest Expedition 2018  नामक आरोहण दलहरुको पर्यटन विभागबाट आरोहण अनुमति पत्र बुझेर सोही मिति र परमिट नं। राखी सक्कली पत्रमा भएको १२ जनाको नाममा १ जना चाईनिज नागरिक र १ जना अष्ट्रेलियन नागरिकको नाम थप गरी १४ जनाको नाम भएको अर्को कीर्ते आरोहण अनुमति पत्र तयार गरी गरेका थिए ।

सो प्रा.लि को तर्फबाट सोही कीर्ते पत्रको छायाँ प्रति र पयैटन विभागबाट सम्पर्क अधिकृतको रुपमा खटिएका कर्मचारी ले सक्कली आरोहण पत्रको छायाँ प्रति सगरमाथा प्रदुषण नियन्त्रण समितिमा बुझाएपछि विभागका कर्मचारी र ट्रेकिङ्ग एजेन्सीका कर्मचारीले बुझाएको एकै मिति र एकै परमिट नं को पत्रमा आरोही संख्या फरक भए अनुसार अनुसन्धान गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको पहरीले जानकारी दिएको छ ।

अनुसन्धानबाट खुल्न आएका थप कुराहरु:-

  • 14 Peak Experience Everest Expedition 2018 नामक दल २०१८ वसन्त ऋतुको लागि Seven Summit Treks Pvt.Ltd मार्फत सगरमाथा आरोहणमा जाने अन्तिम दलमा सक्कली आरोहण पत्रानुसार चाईनिज नागरिक ८ जना, ईन्डियन २ जना, स्पेन १ जना र ब्रिटेन १ जना रहेकोमा नक्कली आरोहण पत्रमा थप भएका २ जना मध्ये १ जना चाइनिज र १ जना अष्ट्रेलियन नागरिक रहेको ।
  • २०७४ चैत्र ३० गते निभेश कार्कीले पर्यटन विभागबाट सक्कली आरोहण पत्र लिनु भन्दा केही दिन अगाडी Online बाट १४ जनाकै लागि Application पर्यटन विभागमा पेश गरेको ।
  • तत्पश्चात लिगल डिपार्मेन्ट प्रमुख निभेश कार्की , लेखापाल विजयश्वर अर्याल र Marketing Manager  फुर्तेन्जी शेर्पाले १४ जनाको सट्टा पर्यटन विभागबाट १२ जनाको मात्र परमीट निकाल्ने र बाँकी २ जनाको परमीट शुल्क वापतको USD २२,०००/-, ३ जनाले बाँडी लिने योजना तय गरेका ।
  • योजना अनुसार निभेश कार्कीले पर्यटन विभागबाट सक्कली छाप लगाएको लेटर प्याड ल्याई सक्कल जस्तै परमिट बनाउने जिम्मा, विजयश्वर अर्यालले लेखा मिलाउने जिम्मा र फुर्तेन्जी शेर्पाले Office मा राखि चाहिएको ठाउँमा सोही नक्कली डकुमेन्टलाई वितरण गर्ने जिम्मा लिएका ।
  • USD 22,000 मध्ये, विजयश्वर अर्यालले ने रु ७,३५,०००/- फुर्तेन्जी शेर्पाले USD 7200  र बाँकी रकम निभेश कार्कीले  लिएको ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here