गिरिजालाई राष्ट्रपति नबनाएकोमा प्रचण्ड फेरि पछुताए

191

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाउनु आफ्नो त्रुटी भएको जनाएका छन् । गिरिजाले आँट नगरेको भए शान्ति प्रक्रियाको सुरुवात नहुने प्रसंग सम्झदै प्रचण्डले गिरिजालाई राष्ट्रपति नबनाइनुमा श्रुटि भएको जनाएका हुन् । उनले भने–‘गिरिजाले आँट नगरेको भए शान्ति प्रक्रिया टुङ्गोमा आउँदैन थियो । राष्ट्रपति गिरिजालाई बनाउनुपर्थ्यो, त्रुटी भयो।’

राजधानीमा आइतबार पत्रकार शुभशंकर कँडेलले लेखेको अवतरण पुस्तक विमोचन गर्दै अध्यक्ष प्रचण्डले गिरिजालाई राष्ट्रपति नबनाउनु आफूहरूको अपरिपक्वता भएको जानकारी दिएका छन् । त्यस्तै जनयुद्धकै बेला भारतमा केपी ओलीसँग भेट भएको स्मरण गर्दै प्रचण्डले त्यही बेलादेखि ओलीसँग आत्मिएता बढेको जनाएका थिए । कार्यक्रमा प्रधानमन्त्री केपी ओलीको प्रमुख आतिथ्यता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here