भाषासेवी ईश्वरमान प्रधान रहेनन्

189

कीर्तिपुर– नेपालभाषा सेवी एवं स्वास्थ्यकर्मी ईश्वरमान प्रधानको चैत २९ गते शनिबार निधन भएको छ ।

कीर्तिपुरकाे वडा नं. १ स्थित लाय्‌कू टोलमा बस्दै आएका प्रधान त्रिभुवन विश्वविद्यालयबाट सिअहेबको पढाइ सकाएर परोपकार स्वास्थ्य सेवामा कार्यरत हुनुहुन्थ्यो । उनी त्रिशुली हाइड्रो पावरका जागिरे पनि थिए । जागिरे जीवनमा उनी त्रिशुलीमै बस्ने गर्दथ्यो ।

त्रिशुलीको बसाइँमा पनि प्रधानले आफ्नो मातृभाषा नेपालभाषाप्रतिको लगावको कारण त्रिशुली माध्यमिक विद्यालयमा पनि नेपालभाषा अध्यापनको व्यवस्था गरेका थिए ।

ने. सं १०५८ मा जन्मिएका प्रधानका नेपालभाषाका थुप्रै लेखहरु प्रकाशित भएका छन् भने स्वास्थ्य विषयका नेपालभाषाका पुस्तकहरु पनि प्रकाशित छन् ।

प्रधानका नेसं ११२२ मा ‘झीगु तजिलजिइ नखः व जात्रा’, नेसं ११२४ मा ‘लः व नसा’, नेसं ११२६ मा ‘हे मनू व मेगु चिनाखँ’, नेसं ११२८ मा ‘दुषित वातावरणं वइगु ल्वय् व स्वास्थ्य शिक्षा’ पुस्तकहरु प्रकाशित छन् ।

प्रधानले विसं २०१९ सालमा रेडियो नेपालको जीवन दबू कार्यक्रममा थुप्रै कविता, कथा एवं रचनाहरु वाचन गरिसकेका  थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here