धारणा न्यूज डट कम विरुद्ध दुष्प्रचारको खण्डन

186
काठमाडौं – हिजो शनिबार जनधारणा साप्ताहिककाे अनलाईन संस्करण धारणा न्यूज डट कममा प्रकाशित `अमेरिकाबाट ७ दिन भित्र आफ्ना नागरिक फिर्ता लैजान ट्रम्पको आदेश´ शीर्षकको समाचारबारे आज एउटा अनलाईनमा जनधारणाकाे लाेगाे समेत राखेर भ्रामक समाचार भनेर खबर छापेको प्रति जनधारणा साप्ताहिकको ध्यानाकर्षण भएको छ । र जनधारणा उक्त दुस्प्रचारको खण्डन गर्दछ ।
काेराेना संक्रमण फैलाएर अमेरिकीहरूको सार्वजनिक स्वास्थ्यमा खतरा पुर्‍याउने त्यस्ता विदेशी नागरिकलाई यो आदेश लक्षित गरिएको समाचारमा भनिएकै छ ।  समाचारमा कहि कतै नेपाली नागरिकलाई तथा अन्य कुनै देशलाई लक्षित गरेर नाम लिइएको छैन । नेपाली नागरिकलाई नै भनिएको हो  भन्ने जस्ताे गरी जनधारणाका बिरुद्ध दुस्प्रचार गर्नु पर्ने  कारण के हाे ?
न्यूयाेर्क टाईम्समा प्रकाशित समाचारमा  नै ट्रम्पद्वारा जारी गरिएको मेमोमा भनिएको छ – `अमेरिकाबाट आफ्ना नागरिकलाई फिर्ता लान अटेर वा बिनाकारण ढिलाइ गर्ने देशहरूले अमेरिकामा फैलिरहेको कोरोनाभाइरसको समयमा अमेरिकीहरूको सार्वजनिक स्वास्थ्यमा स्वीकार गर्न नसकिने खालका जोखिम थपिरहेका छन् ।´ यो सूचनाको अटेर गर्नेलाई ‘भिसा निषेधाज्ञा’को कारबाही गर्ने भनिएको छ । विश्वका देशहरूलाई ७ दिन भित्र यसको पालना नभए कारबाही गरिनेछ – आदेशमा भनिएकै छ ।

President Trump issued a memo on Friday night directing Chad Wolf, the acting secretary of homeland security, to notify Secretary of State Mike Pompeo of any nation that refused to coordinate with the United States on such deportations. At that point, Mr. Pompeo will have seven days to impose visa sanctions, which would make it tougher, if not impossible, for those countries to get U.S. visas for their citizens.

“Countries that deny or unreasonably delay the acceptance of their citizens, subjects, nationals or residents from the United States during the ongoing pandemic caused by SARS-CoV-2 create unacceptable public health risks for Americans,” Mr. Trump wrote in the memo.

स्रोतका रूपमा अमेरिकी संचारमाध्यम न्युयोर्क टाइम्स भनेर समेत जनधारणाको अनलाइनमा उल्लेख गरिएकोमा केहीले लिंक नै दिए हुन्थ्यो भन्ने अनुरोध अनुसार लिंक पनि पछि यसै समाचारमा उल्लेख  गरिएको छ । तर पनि लिंकसहितकाे समाचार पूरा नपढि आलोचनापुर्वक भ्रम सृजना गरेर अन्य संचार माध्यमप्रति अबिश्वास सृजना गर्ने गराउने दुराशय अति नै निन्दनीय हो । के ट्रम्पकाे उक्त आदेश बिदेशी नागरिकहरुमा लक्षित छैन ? के त्याे आदेशले अमेरिकी नागरिकहरुलाई सम्बाेधन गरेकाे हाे ? अमेरिकी सरकारकाे प्रवक्ता झैं नांगिएर प्रस्तुत हुनु भाटगिरीकाे घृणित उदाहरण हाे ! यस्ताे दुस्प्रचारकाे जनधारणा साप्ताहिक खण्डन गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here