काठमाडौं– सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले निष्काशन गरेको रु.२ अर्ब ५० करोड बराबरको ऋणपत्र “१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६”को बाँडफाँट गरेको छ ।
बाँकी २४,७०,००० कित्ता व्यक्तिगत तवर तथा सर्वसाधारणको लागि फागुन २० गतेदेखि चैत ४ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएकोेमा रितपूर्वक आवेदन दिने ३१७ जना आवेदकहरु मध्ये सर्वसाधरण समूहका आवेदकहरु सम्पूर्णलाई निजहरुले आवेदन गरे बमोजिम ऋणपत्र बाँडफाँट गरिएको बैंकले जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेशनले लकडाउनको अवधिमा पनि ग्राहकको सुविधाका लागि अत्यावश्यक सेवाहरु जस्तोः नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।
बैंकले सातै प्रदेशमा रहेका शाखाहरु मध्ये केही शाखाबाट प्रत्येक दिन बैंकिङ्ग सेवा दिँदै आएको छ । कोरोनाभाइरस महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ्गलगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ । साथै बैंकको ए.टी.एम कुनै पनि बैंकको ए.टी.एममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।


















