काठमाडौं / माल्टाको भिषा लगाइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । भारतको गौतम बुद्ध नगर उत्तर प्रदेश दिल्ली घर भई हाल काठमाडौंस्थित सिनामंगल बस्ने मनोज कुमार पाण्डेको छोरा राहुल पाण्डेले V.V. International Pvt.Ltd मार्फत नेपालीहरुलाई वैदेशिक रोजगारको लागि विदेश माल्टा लैजान्छु भनि नक्कली भिषा दिलाई दिने भन्दै रकम माग गर्दै ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
विभिन्न प्रकृयामा कामदारहरुको भिषा प्रोसेसिङ र सेक्युरिटी डिपोजिट गर्नको लागि भनि पटक पटक गरी जम्मा नगद रु ६५ लाख ७० हजार ६ सय ठगी गरेको ले कानूनी कारवाही गरि पाउँ भनि उक्त V.V. International Pvt.Ltd का संचालक दावा शेर्पाले यस कार्यालयमा उजुरी दिएपछि प्रहरीले पाण्डेलाई पक्राउ गरेको हो ।


















