नक्कली नागरिकता बनाउन खोज्ने एक भारतीयसहित तीन पक्राउ

181

धनुषा, २१ असोज । जिल्ला प्रहरी कार्यालय धनुषाले नक्कली नागरिकता बनाउन खोज्ने एक भारतीयसहित तीन जनालाई जनकपुरबाट पक्राउ गरेको छ ।

भारतको सीतामढी जिल्ला कोरियाही पञ्चायत भेमुवाका २४ वर्षीय तसिफ अन्सारी सहित जनकपुरधाम–१४ रजौलका ५५ वर्षीय मन्जुर अन्सारी र उनकी श्रीमती ४८ वर्षीया सलमा खातुनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तसिफ मन्जुरको साला रहेको र मन्जुरले उनलाई छोरा भनी नेपाली नागरिकता दिने तयारी गरेका थिए । मन्जुर र सलामाले भारतीय नागरिक तसिफको नेपाली नागरिकता बनाउने तयारी गरेको सूचनाका आधारमा प्रहरीले खानतलाशी गर्दा नागरिकता दिलाउन सम्पूर्ण कागजात तयार अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here