काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका अधिकारलाई सुरक्षित गर्न जनयुद्धको सुत्रपात गरेको भन्दै आफैबाट छुट्टिएर गएका विप्लवलाई कडा कटाक्ष गरेका छन् ।
अवतरण नामक पुस्तकको विमोचनको क्रममा उनले आफ्नो नेतृत्वमा भएको १० वर्षे युद्धको बारे स्मरण गर्दै प्रचण्डले आफूहरु लड्ने क्रममा युद्धको पहिलो योजनाका रुपमा वक्तव्य दिएरै सुरु गरेको र देशमा गराएका घटनाको जिम्मेवारी समेत लिएकाले आफू सच्चा क्रान्तिकारी रहेको जनाए । आफ्ना पूर्वसहकर्मी विप्लवमाथि सरकारको कदम सहि भएको जनाएका छन् ।
नेपालमा चौतर्फी निराशा छाएको वेला पञ्चायत र तत्कालीन राज्य व्यवस्थाका विरुद्ध लड्न २०४६/०४७ देखि नै हात हतियार जम्मा गर्ने तयारी थालेको जनाएका छन् ।
तर, उनले विप्लवको नामै नलिएर अघोषित रुपमा हतियार पड्काउने र जनता मार्ने कोसिस गर्ने तर जिम्मेवारी नलिने गरेकाले उनीहरु क्रान्तिकारीको नाममा आतंककारी रहेको ठोकुवा गरेका छन् ।
उनले विप्लवलाई वार्तामा आउन आग्रह गर्दै जनताको अधिकारलाई सम्मान गर्न सरकार तयार रहेको जनाए । यस्ता कुरालाई वेवास्ता गर्दा त्यस्ता नेतृत्वले दु:ख पाउने भन्दै कडा चेतावनी समेत दिएका छन् ।

















