तीन शर्त स्वीकार गर्दै बामदेव बन्ने भए सांसद

437

काठमाडौं/ नेकपा नेतृत्वले आफ्ना तीन वटा शर्त स्वीकार गरेपछि काठमाडौं निर्वाचन क्षेत्र ७ का प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरले राजिनामा पत्र बुझाएका छन्।

पार्टीका बरिष्ठ नेता बामदेव गौतमलाई प्रतिनिधि सभामा पुर्‍याउन सांसद श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)समक्ष सोमबार राजिनामा पत्र बुझाएका हुन् ।

काठमाडौं ७ मा उपनिर्वाचन गराएर नेता गौतमलाई उम्मेदवार बनाउनु पर्ने भन्दै सांसद मानन्धरले दिएको राजिनामा अध्यक्ष प्रचण्डले नै बोकेर बालुवाटारमा भएको पार्टी सचिवालय बैठकमा गएका थिए, जुन पत्र बैठकमा महासचिव बिष्णु पौडेलले पढेर सुनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here