भोलिबाट खसी–बोका र च्याङग्रा बिक्री गर्दै खाद्य संस्थान

467

काठमाडौं / खाद्य संस्थानले दशैंका लागि विभिन्न जिल्लाबाट खसी–बोका र च्याङग्रा काठमाडौं ल्याउँदैछ ।

भोलि (बिहीबार) बाट खसी–बोका र च्याङग्रा बिक्री थाल्ने जानकारी संस्थानले दिएको छ । संस्थानका अनुसार आजदेखि तराईका खसीबोका र हिमालका च्याङ्ग्रा काठमाडौं भित्रिँदैछन् ।

बुधबार बेलुकासम्म हेटौैंडाबाट पहिलो चरणमा १ सयभन्दा बढी खसीबोका काठमाडौं आइपुग्ने संस्थानका प्रवक्ता शंकर सापकोटाले अनलाइनखबरलाई जानकारी दिए । म्याग्दीमा ल्याएर राखिएका मुस्ताङका च्याङ्ग्रा आज लोड गरेर भोलि बिहानसम्म काठमाडौं आइपुग्ने उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here