काठमाडौं/ ‘क’ वर्गको बाणिज्य बैंक सिभिल बैंकले विभिन्न पदमा गरी एकैचोटी झण्डै ५ सय कर्मचारी मागेको छ ।
बैंकले बुधबार (आज) एक विज्ञापन प्रकाशित गरी विभिन्न पदमा ४९६ जना कर्मचारी मागेको हो । यसरी मागिएका कर्मचारीमा ब्रान्च म्यानेजरदेखि ट्रेनि असिस्टेन्टसम्मको पदको लागि हो ।
बैंकले ५२ जना ब्रान्च म्यानेजर मागेको छ । सिभिल बैंकको ब्रान्च म्यानेजर पदमा आवेदन दिनको लागि बाणिज्य बैंकमा कम्तिमा ३ बर्ष काम गरेको अनुभव चाहिने भनिएको छ ।
म्यानेजमेन्ट ट्रेनी पदमा ८० कर्मचारी मागिएको छ । यो पदको लागि कम्तिमा १ बर्षको बैंकिङ अनुभव चाहिने भनिएको छ । यो पदमा आवेदन गर्नको लागि १९ देखि ३० बर्षबीचको उमेर हुनुपर्नेछ ।
यस्तै ट्रेनी पदमा २० जना कर्मचारी मागिएको छ । यो पदको लागि अनुभव अनिवार्य छैन । उमेर भने २१ देखि २५ बर्षबीचको हुनुपर्ने भनिएको छ ।
बैंकले ट्रेनी असिस्टेन्ट पदमा १०० जना कर्मचारी मागेको छ । यो पदको लागि अनुभव अनिवार्य छैन । कम्तिमा १२ कक्षा वा सो सरहको अध्ययन पूरा गरेको र उमेर भने १९ देखि २३ बर्षबीचको हुनुपर्ने बैंकको भनाइ छ ।
यी सबै पदमा निवेदन दिने म्याद अक्टोबर ३० ९कात्तिक १३० गतेसम्मको छ । आवेदकले मेरोजबडटकम वा रियलसोलुसनडटकमको वेबसाइटबाट फर्म भर्न सक्ने ब्यवस्था मिलाइएको बैंकले जानकारी दिएको छ ।


















