ओली सरकारको सामन्तवादी चेहराहरूको अन्त्यको आवश्यकता

183

हुकुमबहादुर सिंह

२०६२/०६३ को जनआन्दोलन, दशवर्षे माओवादी जनयुद्ध, विभिन्न जनजाति आन्दोलन, मधेस आन्दोलन आदिका दौरानमा पनि समय–समयमा बाहिर आएको नेकपा(एमाले)भित्रको ओली प्रवृतिको अहिलेको गणतन्त्र नेपालमा फेरि पुनर्जन्म भएको छ । २०६२÷०६३ को जनआन्दोलनका दौरानमा उनले व्यक्त गरेका गणतन्त्र विरोधी, धर्म निरपेक्षता विरोधी, संघीयता विरोधी अभिव्यक्तिहरू जो वास्तवमा सामन्तवादी चिन्तन र प्रवृतिका धरोहर हुन, अहिले नेपालको संविधान २०७२ ले स्थापित गर्न खोजेको दिशानिर्देशका विरुद्ध व्यवहारद्वारा निस्तेज पार्ने काम उनकै नेतृत्वको सरकार, त्यो पनि ‘दुईतिहाइ जनमत’मार्फत गर्न थालेका छन् । गणतन्त्रमा उनले गरिरहेका सबै व्यवहारहरू राजतन्त्रको झझल्को आउने गरी गर्न थालेका छन् । धर्म निरपेक्षताको त उनले खिल्ली नै उडाइदिएका छन् । परम्परागत हिन्दु धर्म नेपालको राजतन्त्रसित जोडिएको सवाल हो ।

ओली एउटा व्यक्ति नभई नेपाल सरकारका कार्यकारिणी प्रमुखसमेत हुन् । धर्म निरपेक्षता अनुसार सरकारका कार्यकारिणी प्रमुखको नाताले उनको जिम्मेवारी सरकारलाई कुनै पनि एउटा निश्चित धर्मको संरक्षकका रूपमा स्थापित गर्ने होइन । नेपालको राजतन्त्रले तत्कालीन नेपाल अधिराज्यको संविधानले व्याख्या गरे अनुसार उनी हिन्दु राजाका रूपमा जे गर्दथे त्यो उनका लागि ठीक थियो । उनले राजतन्त्रको नाममा त्यसो गरेको नेपाली जनतालाई मन परेन र त नेपालको राजतन्त्रको अन्त्य गरेर २०६२÷०६३ को जनआन्दोलनले नेपालमा राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना ग¥यो । तर गणतन्त्रको स्थापनापछि भएका सरकारहरूले नेपालको संविधान २०७२ ले स्थापित गर्न खोजेको दिशानिर्देश विपरीत विगतमा हिन्दुवादी राजतन्त्रले गरेका हरेक कार्यहरू गणतन्त्र नेपालका राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले गर्दैछन् । नेपालमा विगतमा रहेको एकजना राजा, उनका परिवार र उनका भाइभारदारहरूले जे गर्दथे अहिले राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले मात्रै नभई प्रदेशका मुख्य मन्त्री र गाउँपालिकासम्मका अध्यक्षले गर्दैछन् ।

विगतमा राजदरवार र सिंहदरवारमा रहेको सामन्तवादको दवदवा अहिले गाउ“सम्म संस्थागत हु“दै गएको छ । गणतन्त्रपछि सामन्तवाद झन मौलाएर गएको छ । २०७५को बडादशैंका दिनको टिका लगाउने नेपालीको परम्परालाई राष्ट्रपति र प्रधानमन्त्रीले झन सामन्तीकरण गरेको प्रष्टै देखियो । विगतमा राजाले दरवारबाट टिका थाप्ने समय दिएर सरकारका मन्त्री, सरकारका कर्मचारी तथा सुरक्षा निकायका प्रमुखहरू र आम जनसाधारणलाई राजाले टिका दिंदा जे–जस्तो प्रचलन थियो, हुबहु अहिलेका राष्ट्रपतिले अनुशरण गरिन् । यसमा अझ थप नया“ प्रम ओलीले के गरे भने कहिल्यै नगरिएको प्रधानमन्त्रीले पनि टिका थाप्ने समय दिएर सरकारका मन्त्री, सरकारका कर्मचारी तथा सुरक्षा निकायका प्रमुखहरू र आम जनसाधारणलाई राजाले जस्तै बालुवाटारमा बोलाएर टिका लगाइदिए ।

यसो गरेर ओलीको लोकतन्त्रभित्रका सामन्तवादी चेहराहरू अहिले उद्घाटित भएको उदाङ्गो भएको छ । नेपालको राजतन्त्र तत्कालीन संविधानले घोषणा गरेअनुसार चलेको अनुभूति थियो तर ओली सरकारले त नेपालको सविधान २०७२ लाई नै एउटा कागजी खोस्टा बनाइदिएको छ । राजतन्त्र भनेको सामन्तवादको प्रतिनिधिमूलक संस्था हो, त्यसैले उसको काम सामन्तवादका मूल्य मान्यतालाई संरक्षण गर्ने, तिनको कार्यान्वयन गर्ने हो । तर ओली आफूलाई गणतन्त्रको प्रधानमन्त्री भन्ने, धर्म निरपेक्षताको संविधानको कार्यान्वयन गर्ने जिम्मेवारी लिने तर व्यवहारमा आफूलाई नेपालको राजाको रूपमा स्थापित गर्ने खालका काम र व्यवहार गर्ने ? यो कस्तो गणतन्त्र र धर्मनिरपेक्षता हो ओलीको र भण्डारीको ? नेपाली जनता त अहिले सिंहदरबारमा र राष्ट्रपति भवनमा नेपाली जनताका छोराछोरी नभई राजा महाराजा र रानी बडामहारानी देख्दै छन् । हो उनीहरूलाई त्यसो गर्ने अधिकार त्यसवेला हुन्छ, जब उनीहरूले नेपालको संविधान २०७२ लाई खारेजगरी नेपाल अधिराज्यको संविधान निर्माण गरेर त्यसमा दुईतिहाइ मत ल्याउनु पर्ने हो ।

के त्यसो गर्ने हिममत राख्छन् ?ओली र भण्डारीको काम विगतमा राजाले गरेको कामको निरन्तरता गर्ने भनेर नेपाली जनताले उनीहरूलाई त्यहा“ पु¥याउनका लागि पटक्कै मतदान गरेका होइनन् । फेरि उनीहरू त नेपाल कम्युनिष्ट पार्टीका सदस्यहरू हुन्, अनि त्यो पार्टीले के को लागि आफूलाई नेपाल कम्युनिष्ट पार्टी भन्ने गर्दछ ? जसले आफ्नै पार्टीका सदस्यहरूले नेपालमा सामन्तवादको पुनस्र्थापना गर्ने खालका व्यवहार र कृयाकलाप गर्दा पनि उनीहरूसित एउटा सम्म प्रश्न सोध्न सक्दैनन् । बरु त्यसका नेता र कार्यकर्ताहरूले उनीहरूका अगाडि विगतमा राजाका अगाडि जस्तै भूइँमा घुँडा टेकेर दुवै हात थापी टिका ग्रहण गरिरहेका छन् । नेपालको प्रशासनतन्त्र, प्रहरी, सेना र नेपालको न्यायालय त विगतमा राजासित उनको छत्रछाया“ र जयजयकारमा घुडा टेक्न र उनका अगाडि नाच्न र लम्पसार पर्न अभ्यस्त थिए । उनीहरूका लागि त्यो एउटा सहज हुन सक्ला र अहिले पनि सहज रूपमा गरिरहेका छन् ।

तर यी सबैका विरुद्ध परिवर्तनका लागि सहिदहरूको रगत, उनीहरूको लामो त्याग, तपस्या, बलिदानको जगमा सरकारमा पुगेका र सामन्तको अन्त्य गरी देशमा उनकै शब्दमा पु“जीवाद हु“दै समाजवादको मार्गतर्फ लाग्नेहरूको यो कन्तविजोग अहिले हामी देख्न बाध्य भएका छौ । ओलीले अहिले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको मर्म र मूल्यमान्यतालाई जसरी खुम्च्याएर जसरी गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको लागि बनेको नेपालको संविधान २०७२ का विरुद्ध लागिरहेका छन्, र नेपालमा सामन्तवादको अन्त्य नभई यसको सुदृढीकरणमा ओलीका यी अनगिन्ति चेहराहरू राष्ट्रपति, उपराष्ट्रपति र अहिले उनका मन्त्रीहरू, सांसदहरू र सिंगो प्रहरी प्रशासन, सेना, न्ययालय आदिमार्फत अभिव्यक्त भइरहेका छन् । जसमा धर्म निरपेक्षता र संघीयताको मर्म र मूल्यमान्यता विपरीतको कार्यान्वयन र देशमा गणतन्त्र नभई ओलीबंशको उत्पत्तिको इतिहास लेख्ने अभियानमा उनका व्यवहारले पुष्टि गरिरहेका छन् । यसो गरेर यिनीहरूले नेपालको संविधान २०७२ लाई एउटा कागजी खोस्टो बनाएका छन् । त्यसैले यो अवस्थाबाट देशलाई मुक्त गर्न सरकारमा गएका यी नवसामन्तहरू, राजाहरू, बडामहारानीहरू र नवभारदारहरका अगाडि घुँडा टेकेर टिका थाप्ने होइन बरु यिनका विरुद्ध सशक्त प्रतिरोधपूर्ण एउटा अर्को जनआन्दोलनको आवश्यकता छ । सही अर्थमा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको पुनस्र्थापना र कार्यान्वयनको जरुरत छ ।

– [email protected]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here