गगन थापाको लोकप्रियताबाट डराएका कम्युनिस्टहरु चरित्र हत्या गर्ने प्रयासमा

221

काठमाडौं / प्रमुख विपक्षी दल नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगनकुमार थापाको लोकप्रियताबाट डराएका कम्युनिस्टहरुले चरित्र हत्या हुने गरेर सामाजिक सञ्जालमा फोटोसपबाट गलत तस्वीर बनाएर सेयर गरेका छन् ।

अर्कै व्यक्तिले राजाको पाउमा ढोग्न लागेको तस्वीरलाई  नेता थापाको तस्वीर भनेर सञ्जालमा सेयर गरिएको छ । सोही तस्वीर दोस्रो जनआन्दोलनका बेला थापाले सडकमा ढुंगा हान्न लागेको तस्वीरलाई  जोडिएको छ।

नेपाली कांग्रेसको पार्टी मुख्यालय सानेपाले यस्ता गलत हर्कतबाट सबै सचेत हुनुपर्ने जनाएको छ । यो तस्वीरको बारेमा युवा नेता थापाले केही प्रतिक्रिया दिएका छैनन् ।,

युवा नेता थापाको चरित्र हत्या हुने गरेर बनाइएको तस्बिरलाई पूर्वएमाले, पूर्वमाओवादी केन्द्र र तिनका शुभेच्छुकहरुले फेसबुक र ट्वीटरमा सार्वजनिक गरेका छन् ।

कम्युनिस्टहरुको फेसबुक ग्रुपमा युवा नेता थापाविरुद्धको तस्वीर राखिएपछि थापाका शुभेच्छुकहरुले पनि वास्तविक तस्वीरलाई  फेसबकुमा राख्न थालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here