काठमाडौं / लोकसेवा आयोगले आफ्नो वार्षिक कार्यतालिका परिमार्जन गरेको छ ।
आयोगले आज विभिन्न १६ वटा श्रेणी तहका लागि लिइने वार्षिक परीक्षाको कार्यतालिका सार्वजानिक गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगलाई दुई महिनासम्म कर्मचारी छनोटको विज्ञापन नगर्न निर्देशन दिएसँगै लोकसेवा आयोगको बार्षिक कार्यकालिकामा हेरफेर गरेको हो ।
लोकसेवा आयोगका विज्ञापन आगामी मंसिर अन्तिम साताबाट मात्र विज्ञापन खोल्ने छ ।
आयोगले सहसचिव, उपसचिव वा सो सरह तथा एघारौँ र नवौँ तहका लागि लिखित परीक्षाहरूको विज्ञापन मंसिरमा सञ्चालन गर्ने र पुस १ गतेदेखि पुरानै कार्यतालिकालाई असर नपर्ने गरी आयोगको विहिबारको बैठकले पारित गरेको छ ।
आयोगको नयाँ कार्यतालिका अनुसार,राजपत्राकित प्रथम श्रेणीका प्राविधक तथा अप्राविधिकहरुको परीक्षा माघ महिनामा,द्धितीय श्रेणीका लागि माघ र फागुनमा लिइने सूचनामा उल्लेख छ ।
यस्तै स्वास्थ्य सेवाका लागि एघारौं र नवौं तहको परीक्षा माघ र फागुन भित्रमा लिइने उल्लेख छ ।
सूचना अनुसार,स्वास्थ्य सेवा सातौ तह,आठौं तह र राजपत्राकिंत प्राविधिक तेश्रो श्रेणीका लागि समेत माघ फागुन भित्रै परीक्षा सञ्चालन हुनेछ ।
















