राजधानीमा डेंगुको संक्रमण

151

काठमाडौं / दशैं मनाउन घर गएकाहरु विस्तारैं काठमाडौं फर्किने क्रम बढीरहेको छ । बढ्दो चहलपहलसँगै राजधानीमा लामखुट्टेको टोकाइबाट हुने डेंगुका बिरामीको संख्या बढेको छ । पछिल्ला दिन बालाजु, ढुंगेधारा क्षेत्रमा यसको संक्रमण देखिएको छ । गर्मि सकिनैं लाग्दा यस्तो प्रकारको संक्रमण देखा परेको छ ।

ढुंगेधारास्थित निजी क्लिनिकका चिकित्सकले दशैं अगावै त्यहाँ ७ जनामा डेंगु देखिएको रिपोर्ट गरेका थिए,´इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक विवेककुमारलालले भने,  `हालसम्म प्राप्त जानकारी विश्लेषण गर्दा त्यस क्षेत्रमा डेंगु फैलन सुरु भइसकेको छ।´ नेपालमा सन् २००४ मा डेंगुको पहिलो बिरामी भेटिएका थिए । ती विदेशी नागरिक थिए । २००६ मा चितवनमा भने यो प्रकोपकै रूपमा देखियो । २०१० मा सबभन्दा बढी ९ सय १७ बिरामी भेटिएका थिए । तीमध्ये पाँच जनाको मृत्यु भयो ।  कान्तिपुर 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here