नेकपाको चियापान स्थलमा कुटपिट, ओली कार्यक्रममा सहभागी नहुने

278

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चियापान स्थलमा ‘चियापान बहिस्कार गरौं’ भन्ने पर्चा छरेर होहल्ला गर्ने एक व्यक्तिलाई कुटेका छन् ।

नेकपाका कार्यकर्ताले पर्चा छरेर होहल्ला गर्ने ति व्यक्तिलाई चियापान स्थलबाट  कुटेर बाहिर निकालेका हुन्।

उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) असन्तुष्ट समूह केन्द्रीय प्रचारप्रसार समितिद्धारा जारी गरिएको पर्चा कार्यक्रम स्थलमा छरेका थिए।

चियापान बहिष्कार गर्न अपिल गर्दै जारी पर्चामा ५ बुँदे माग पनि राखिएको छ।

एमाले र माओवादी एकतामा कमजोरी भएकाले वैचारिक, सैद्धान्तिक, व्यावहारिक, सांगठनिक रुपमा ५०/५० को समानताको सिद्धान्तमा एकता गर्नुपर्ने, अन्य वामपन्थी पार्टी लगायतलाई पनि एकता प्रक्रियामा ल्याउनुपर्ने, सरकारको काम प्रभावकारी नभएकाले उच्चस्तरीय सरकार सञ्चालन कार्यदल बनाउनुपर्ने, नेकपा केन्द्रीय कार्यसमिति हचुवाको भरमा बनेको हुँदा तत्काल विघटन गर्नुपर्ने र जनजीविकाको सवालमा कदम चाल्दै सुशासन कायम गर्न माग अघि सारिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली चियापानमा उपस्थित् हुन नसक्ने भएका छन्  भने कार्यक्रममा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लगायत शीर्ष नेताहरु आईसकेका छन् ।

नेकपा स्रोतले ओलीको स्वास्थ्य अवस्था एक्कसी बिग्रिएपछि उनी आजको चियापानमा उपस्थित् हुन नसक्ने जानकारी दिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here