चिनिया पत्रकार टोलीको स्वागत गर्दै प्रेस काउन्सिल र पत्रकार महासंघ

422

काठमाडौं / प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघको संयुक्त आयोजनामा बिहीबार आयोजित कार्यक्रममा चिनिया पत्रकार टोलीको स्वागत गरिएको छ ।

अनौपचारिक रुपमा आयोजित कार्यक्रममा प्रेस काउन्सिल सदस्य संगीता खड्काले स्वागत मन्तव्य राख्नु हुँदै दुई देशबीचको परापूर्वकालदेखिको प्रगाढ सम्वन्धलाई जीवन्त बनाउन आपसी भेटघाट तथा भ्रमणबाट भाषा, साहित्य, शिक्षा, संस्कृतिको प्रवद्र्धन हुने धारणा राख्नुभयो । त्यस्तै सदस्य शुभेच्छा विन्दु तुलाधरले चिनियाँ पत्रकार टोलीको स्वागत गर्न पाउनु गर्वको विषय उल्लेख गर्दै त्यहाँका नागरिकसंगकै साक्षात्कार भएको बताउनुभयो ।

सो अवसरमा नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेलले नेपाल चीन सम्वन्ध लामो रहेको र गौतम बुद्ध, सगरमाथाले दुई देशलाई जोडेको प्रसंग उल्लेख गर्दै कृषि, प्रविधि र पत्रकारिता दुई देशका साझा मुद्धा भएकाले यिनै विषयमा सिकाई आदानप्रदान, आपसी भ्रमणले सम्वन्ध प्रगाढ हुने भन्दै नेपाल बसाइँ सुखद बनाउन आफूहरु प्रतिवद्ध रहेको धारणा व्यक्त गर्नुभयो ।

आजै नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्ट र चिनियाँ पत्रकार संघका कार्यकारी सचिवले दुई पक्षीय साझेदारी हितका सम्वन्धमा एमओयुमा हस्ताक्षर गर्नुभएको छ ।

चिनियाँ पत्रकार संघका कार्यकारी सचिव तथा भ्रमण दलका नेतापाङ् ग्याङ्ले न्यानो आतिथ्यता र स्वागतका लागि धन्यवाद व्यक्त गर्नुहुँदै सुन्दर, विविधता युक्त नेपालको रमणीय स्थल र यहाँका जनताको विषयमा प्रचार प्रसार गर्ने योजना रहेको बताउनुभयो ।

चीनमा लाइसेन्स प्राप्त २ लाख २० हजार सहित करिव १० लाख पत्रकारितामा आवद्ध रहेको र निकै कमले मात्र नेपाल भ्रमण गरेको बताउदै ग्याङ्ले आगामि दिनमा यसतर्फ ध्यानदिने धारणा राख्नुभयो ।

प्रेस काउन्सिल सदस्य शुभेच्छा विन्दु तुलाधर र संगीता खड्काले पाहुना टोलिलाई प्रेस काउन्सिल नेपालका अंग्रेजी प्रकाशनहरु मिडिया एण्ड इथिक्स, आचारसंहिता, मिडिया इथिक्स प्रदान गर्नुको साथै खादा लगाई स्वागत गर्नुभयो भने सो अवसरमा काष्ठकला गैंडा उपहार प्रदान गर्नुभयो । पाहुनालाई बेइजिङ् डगमा लन्च व्यवस्था गरिएको थियो । काउन्सिलका उप प्रशासकीय अधिकृत रामशरण बोहराले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here