स्मार्ट शौचालय काठमाडौं महानगरपालिकाले बनाउने

337

काठमाडौं / काठमाडौं महानगरपालिकाले स्मार्ट शौचालय बनाउने अवधारणा अघि सारिएको छ ।

महानगरका विभिन्न ४० स्थानमा सार्वजनिक प्रयोजनका लागि ‘रोटोमोल्डिंङ’ प्रविधिबाट निर्मित स्मार्ट शौचालय राख्ने महानगरपालिकाको अवधारणा अघि सारिएको हो।

शौचालय धेरै टिक्ने तथा मजबूत हुनुका साथै सुर्यबाट आउने हानिकारण युभी विकिरणहरुबाट समेत यो सुरक्षित हुने बताइएको छ । हेर्दा पनि सुन्दर देखिने र प्रयोग गर्न पनि सजिलो हुने तथा जुनसुकै स्थानहरुमा राख्न सकिने रोटोमोल्डिंङ प्रविधिको यी स्मार्ट शौचालयहरु अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनेको छ भने विभिन्न छिमेकी देशमा समेत प्रयोगमा रहेको छ ।

आउँदो कार्यपालिकाको बैठकमा स्मार्ट शौचालयको अवधारणा पेश गरिने र प्रत्येक बैंक वा कुनै व्यापारिक प्रतिष्ठानलाई महानगरपालिकाले अघि सारेको अवधारणा अनुसार एउटा स्मार्ट ट्वाईलेट बनाउन प्रस्ताव गर्ने तयारी छ ।

शौचालय धेरै टिक्ने तथा मजबूत हुनुका साथै सुर्यबाट आउने हानिकारण युभी विकिरणहरुबाट समेत यो सुरक्षित हुने बताइएको छ । हेर्दा पनि सुन्दर देखिने र प्रयोग गर्न पनि सजिलो हुने तथा जुनसुकै स्थानहरुमा राख्न सकिने रोटोमोल्डिंङ प्रविधिको यी स्मार्ट शौचालयहरु अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनेको छ भने विभिन्न छिमेकी देशमा समेत प्रयोगमा रहेको छ । यो ११००x११००x२३०० मिमि रहेको छ भने तौल ११० किलो छ । त्यति वजनदार नभएकाले कुनै पनि स्थानमा जडान गर्न सकिने छ
यसको सिटको उचाई ४५० मिमि छ । यस्तै यसमा १६० लिटर क्षमताको पानी ट्यांकी समेत जडान गरिएको छ भने २९० लिटर फोहोरको ट्यांकीको क्षमता छ । यसमा सौर्य उर्जाबाट चल्ने बत्ति तथा भेल्टिलेसन फ्यानहरु जडान गरिएको हुन्छ । पुरुषहरुका लागि युरिनल पनि जडान गरिएको हुनेछ भने हात धुने वेसिन, ट्वाईलेट पेपर, स्ट्याण्ड, ऐना आदि पनि जडान गरिएको हुन्छ । जेष्ठ नागरिक तथा बालबालिकाको लागि शौच गर्न यो प्रविधिको शौचालय उपयुक्त हुने छ । यस्ता ट्वाइलेटमा अटो फ्लस देखि एसीसम्मको सुविधा राख्ने योजना छ ।

यसमा तपाइको मत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here