अब पार्टीको काम प्रचण्डलाई जिम्मा, प्रधानमन्त्री सरकारको काममा मात्रै केन्द्रित हुने

304

काठमाडौं / नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज हुनुपुर्व ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अन्तरंग सम्वाद गरेका छन् ।

स्रोतका अनुसार चिकित्सकहरुले ओलीलाई अब धेरै धपेडी नलिन आग्रह गरेपछि उनले अब आफूलाई सरकारको काममा मात्रै केन्द्रित राख्ने निधो गरेका छन् । यसको अर्थ उनले अब पार्टीको सम्पूर्ण काम अध्यक्ष प्रचण्डलाई जिम्मा लगाउने भएका छन् ।

छातीमा सङ्क्रमण देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, ‘मनमोहन कार्डियोथोरासिक भाष्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना भएका ओली पूर्ण स्वास्थ्यलाभ गर्दै शनिबार निवास फर्किएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here